LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

जनकपुरधाम । मधेस प्रदेशका प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टीका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले मुख्यमन्त्री सिंहले पार्टीको निर्देशनमा राजिनामा दिनुपर्ने बताएका छन्। उनले भने, “मुख्यमन्त्री ज्यु सामाजिक सञ्जालमार्फत पहिला नै राजिनामाको घोषणा गर्नुभएको थियो, तर पछि दिइएको छैन। पार्टीले पनि उहाँलाई फिर्ता बोलाएको निर्णय गरिसकेको अवस्थामा म उहाँसँग अनुरोध गर्छु। बहुदलीय व्यवस्थामा व्यक्ति महत्त्वपूर्ण हुँदैन, पार्टीको महत्व हुन्छ।”

त्यसैगरी, नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महतोले पनि मुख्यमन्त्री सिंहलाई राजिनामा दिन सुझाव दिएका छन्। उनले भने, “मुख्यमन्त्री सिंहले राजिनामा दिएको दुनियालाई थाहा छ। उहाँको पार्टीले पनि फिर्ता बोलाएको निर्णय गरिसकेको अवस्थामा नैतिक हिसाबले उहाँले राजिनामा दिनु आवश्यक छ। अन्य पार्टीका सांसदले उहाँलाई समर्थन गरेर उहाँ मुख्यमन्त्री बनाएको होइन, आफ्नै पार्टीको समर्थनले उहाँ मुख्यमन्त्री हुनुभएको हो।”

नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता युवराज भट्टराईले पनि राजनीतिक दृष्टिले मुख्यमन्त्री सिंहले राजिनामा दिनु पर्ने बताएका छन्। उनले भने, “हाल राजनीतिक दलमा नैतिकताको खडेरी परेपछि नै जेन–जी आन्दोलन भएको हो। अहिले मुलुकमा राजनीतिक दल सुधारिनुपर्छ भन्ने बहस चलिरहेको बेलामा पद लोभमा रहँदै राजिनामा नदिनु उपयुक्त देखिँदैन।”

तर, मुख्यमन्त्री सिंह राजिनामा दिन चाहँदैनन्। वर्तमान संकटकालिन अवस्थामा उनी विश्वासको मत सामना गर्ने पक्षमा रहेका छन्। उनका एक निकट सहयोगीले भने, “संघीयता र प्रदेश खारेजको विषय उठिरहेको बेला मुख्यमन्त्री सिंहले अहिले राजिनामा दिनु उचित हुँदैन। उहाँलाई विश्वासको मत पाए पनि ठिकै हुन्छ, नपाए पनि नयाँ सरकार गठनको प्रक्रिया अनुसार व्यवस्था हुन्छ। तर अहिलेको अन्यौलमा राजिनामा दिए प्रतिगामी शक्तिको चलखेल हुनसक्ने डरले उहाँ राजिनामा दिन चाहनु भएको छैन।”

उनका अनुसार, नेकपा एमाले, काँग्रेस र लोसपाका केही सांसदहरूले उनलाई विश्वासको मत लिन सहयोग गर्ने भरोसा दिएका छन्। त्यसकारण उहाँ हाल राजिनामा नदिने अवस्थामा हुनुहुन्छ। यद्यपि, पार्टीले कारवाही गरेपछि उहाँको सांसद पद नै समाप्त हुनसक्ने अवस्था देखिएको छ। यस विषयमा मुख्यमन्त्री सिंहसँग फोनमा सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहनु भएन।

सम्बन्धित खबर