LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । लामो समयदेखि मधेश प्रदेश सरकार नेतृत्व पाउन काँग्रेसले अन्तत आज बुधवार मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ ।

आज बसेको नेपाली काँग्रेसका मधेश संसदीय दलको बैठकले वर्तमान सरकारलाई लिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
वर्तमान सरकारका काँग्रेसले भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अर्थ मन्त्रालय, उर्जा सिचाई तथा खानेपानी र श्रम तथा यातायात मन्त्रालय गरि ४ वटा मन्त्रालय पाएको थियो । काँग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले बुधवार नै प्रदेश सभामुख रामचनद्र मण्डललाई भेटर समर्थन फिर्ताको पत्र बुझाएका छन् ।

काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले समाजिक सञ्जाल मार्फत राजिनामा दिईसकेको अवस्वामा मुख्यमन्त्री सिंहले लिखित रुपमा राजिनामा नदिनु गलत रहेको बताए । नेता यादवले भने,‘ मुख्यमन्त्री सिंहको सरकारलाई उहाँको आँफनै पार्टीले समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री र मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । यस्तो अवस्थामा काँग्रेसले कुनै व्यक्तिलाई समर्थन दिईरहनु औचित्यता रहेनन् । त्यसकारण आफुहरु समर्थन फिर्ता लिने निर्णय गरेको छौ ।’ २४ भदौ अघिको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ, नेता यादवले भने,‘ संविधान र संघीयतामाथि प्रहार भईरहेको छ, त्यसकारण अहिलेको अवस्थामा सर्वपक्षीय र सर्वसहिमति सरकार बनाउनुपर्छ हाम्रो धारणा हो ।’

जेनजीको आन्दोलनको दोस्रो दिन २४ भदौमा मुख्यमन्त्री सिंह समाजिक सञ्जाल मार्फत राजीनामा घोषणा गरेका थिए। तर आन्दोलन रोकिएपछि राजिनामा नदिएको बताए । पछि जनमतले मुख्यमन्त्रीलाई राजिनामा दिन दवाव दिएका थिए । त्यसलाई पनि मुख्यमन्त्री टेकपुच्छर लगाएरनन् । त्यसपछि जनमतले २८ भदौमा प्रदेश प्रमुख कार्यालय र ३१ भदौमा प्रदेश सभा सचिवालयलाई पत्र पठाएर नै मुख्यमन्त्री÷मन्त्रीलाई फिर्ता बोलाएको र सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका थिए । तर मुख्यमन्त्री सिंह पछि कुरा फेरेर सदन फेस गर्ने अडानमा छन् । तर पनि मुख्यमन्त्री सिंहले राजिनमा नदिई बरु प्रदेश सभाबाट विश्वासको मतको समाना गर्ने बताउँदै आएका छन् । उनले संविधान र संघीयता जोगाउन आफुहरुले राजिनाामा नदिने बताउँदै आएका छन् । अन्य दलहरुकै सहल्लाहले आफुले राजिनामा नदिएको बताए ।

त्यतिले पनि नसुन्दा जनमतले पर्टीको निर्देशन विपरित काम गरेको भन्दै मुख्यमन्त्रीलाई ३ दिने स्पटीकरण समेत सोधेको थियो । मुख्यमन्त्री सिंहले त्यसको जवाफ समेत पठाईसकेको छ । तर पार्टीले अहिले सम्म उनलाई कारर्वाही गरेको छैन ।
म्ंगलवारको प्रदेश सभाको बैठकमा जनमतका साँसदहरु विपक्षी दलको बेन्चमा बसेका थिए भने मुख्यमन्त्री मात्रै सत्ता पक्षको बेन्चमा बसेका थिए । प्रदेश सभामा जनमतका १३ साँसद छन् । तर एक जनापनि मुख्यमन्त्री पक्षमा अहिले सम्म खुलेका छैनन् ।
यता, नेपाली काँग्रेसले सतिश सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएर आन्तरिक रुपमा आफनै नेतृत्वमा नयाँ सरकार गठनको प्रयास थालेको छ ।

२४ भदौ अघि पनि काँग्रेसले सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार आलोपालो सरकारको नेतृत्व गर्न पाउनुपर्ने कुरा उठाउँदै आएका थिए । काँग्रेसका नेताहरुका अनुसार गत असारमै काँग्रेसले नेतृत्व पाउने सहमति भएको थियो । तर मुख्यमन्त्रीले गठबन्धन दलहरु बीच भएको भ्रद सहमति नमानेका थिए । काँग्रेसले एमाले, लोसपासहितका दललाई मिलाएर सरकार गठनको लागि पहल गर्ने बताईएको छ । प्रदेश सभामा एमाले २५, काँग्रेस २२, लोसपा ९ सदस्य रहेका छन् । तर एमाले र लोसपाका एक÷एक गरि दुई साँसद निलम्बनमा परेका छन् । प्रदेश सभामा जसपा नेपाल १९, नेकपा एस ७, माओवादी केन्द्र ९, जनमत १३ र नेपाल संघीय समाजवादी, नागरिक उन्नमुक्ति र राप्रपाका एक÷एक सिट रहेका छन् ।

सम्बन्धित खबर