LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । धनुषामा मोटरसाईकल दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको कमला नगरपालिका–२ माची र लगमाबीचको खोक्साहा पुल नजिक गएर राती भएको मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरि सोही दुर्घटनामा मोटरसाईकलमा सवार रहेका स्थानीय राहुल महतो गम्भिर घाईते भएका छन् ।
प्रहरीका अनुसार नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवैको शव पोस्टमाटमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घाईतेको उपचार सोही अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।
विहीबार राति साढे १० बजेतिर भारतीय नम्बर प्लेटको हिरो स्प्लेण्डर मोटरसाइकलमा तीन जना बसेर लगमा बजारमा चलिरहेको झिझिया नाच हेर्न जाँदै गर्दा दुर्घटना भएको प्रहरीले धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए । उनले घटना वारे थप अनुसन्धान भईरहेको बताए ।

सम्बन्धित खबर