LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । लगातारको भारी वर्षाका कारण रौतहट जिल्लाको अवस्था गम्भीर बनेको छ ।

सदरमुकाम गौर जलमग्न हुनुका साथै नदीहरूमा जलस्तर बढेको छ भने चट्याङ लागेर तीन जनाको ज्यान गएको छ ।

पूर्वमा बागमती नदी, पश्चिममा लालबकैया नदी र दक्षिणतर्फको भारतीय बाँधका कारण गौर बजार हरेक वर्षझैँ यस पटक पनि गम्भीर डुबानमा परेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार जिल्ला अदालत, मालपोत कार्यालय, गौर भन्सार, कर कार्यालय र जिल्ला प्रशासन कार्यालय जाने मुख्य सडकसहित सरकारी कार्यालयका परिसर तथा आवासीय बस्तीहरूमा घुँडासम्म पानी भरिएको छ । निरन्तर वर्षा भइरहेकाले स्थानीयवासी त्रसित बनेका छन् । विशेषगरी नदी तटीय क्षेत्रका बासिन्दाहरू बाढीको उच्च जोखिममा छन् ।

बागमतीको जलवहाव बढ्दा ३६ वटै ढोका खुल्ला
रौतहट र सर्लाहीको बीच भाग भएर बग्ने बागमती नदीमा जलवहाव अत्यधिक बढेपछि नदीमा निर्मित सिँचाइ आयोजनाको ३६ वटै ढोका खुल्ला गरिएको छ । अविरल वर्षाका कारण हिजो साँझदेखि नै बाँधका सबै ढोका खोलिएको बागमती सिँचाइ आयोजनाले जनाएको छ ।

यसैबीच, बागमती नदीको पानी माधवनरायण नगरपालिकाअन्तर्गत फुलवरिया घाटतिर पसेको छ । साथै, रौतहटको परोहा नगरपालिका–४, पोखरीया गाउँको बाँध बाढीले तोडेको छ ।

चट्याङले लियो तीन जनाको ज्यान
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार, जिल्लामा चट्याङका कारण तीन जनाको मृत्यु भएको छ ।

ईशनाथ नगरपालिका–८, मनसरीका अन्दाजी ४५ वर्षीय सेख जमरूल भन्ने नन्काको चट्याङको आवाजले हृदयघात भएर मृत्यु भएको स्थानीयले जनाएका छन् ।

कटहरिया नगरपालिका–२, हथियायी बस्ने अन्दाजी १६ वर्षीय शेराज लहरी र नविन यादवको शनिवार चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु कार्कीले जानकारी दिएका छन् ।

प्रशासनले जोखिमयुक्त बस्तीहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ भने सम्भावित उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ ।

सम्बन्धित खबर