LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । साथिसँग टिकटक बनाउन खोलामा हामफालेका बारा प्रसौनी गाउँपालिका–२ का २१ व्र्षिय बिक्की गिरि वेपत्ता भएका छन् ।

प्रहरीका अनुसार आज विहान गिरी साथिहरुसँग टिकटक बनाउन कलैया–वीरगञ्ज सडकखण्ड अन्तर्गत प्रसौनीस्थित दुधौरा खोलाको पुलमा पुगेका थिए। टिकटक बनाउन दुई जना साथि एकैसाथ पुलबाट खोलमा हाम फालेका थिए । गिरीसँगै हाम फालेका उनका साथि पौडि खेलेर सुरक्षित बाहिर किनारामा निस्किएपनि उनका उनी भने वेपत्ता भए ।

सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणका गोताखोर टोलीले उनको खोजी गरेपनि अहिले सम्म फेला नपरेको सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक अशोक बमले बताए ।
त्यसैगरि, आज विहान माधवनरायण नगरपालिकाका–२ की ७५ वर्षिया पनवा देविको बागमति नदिमा डुबेर मृत्यु भएको छ । प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक अशोक बमका अनुसार देव बागमतिमा दाउरा टिप्न गएकी थिईन ।

सम्बन्धित खबर