LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । रौतहटमा एक लेखापाललाई युवाहरुको एक समुहले कालोमोसो दलेका छन् । पुर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, भू संरक्षण तथा पर्यटन कार्यालय रौतहटका लेखापाल सुदिप गौतमलाई भ्रष्टाचारी भन्दै युवाहरुको एक समुहले मंगलवार कालोमोसो दलेका हुन् ।

युवाहरुले भ्रष्टाचारको आरोप लगाउँदै लेखापाल गौतमलाई कालोमोसो दलेको भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल भएको छ । चन्द्रपुर स्थित एक होटलमा साथिहरुसँग बसेर मदिरा सेवन गरिरहेको बेला युवाहरूले उनलाई घेराउ गर्दै अनुहारमा कालोमोसो दलेको भिडियोमा देखिन्छ ।

भ्रष्टाचारीलाई कडा सजाय दिनुपर्छ भन्दै सो समूहले लेखापाल गौतमको अनुहारमा कालोमोसो दलेका छन् । चार वटा सरकारी कार्यालयको एकैसाथ जिम्मेवारी सम्हालेर गौतम सरकारी रकममा ब्रहमलुट मच्चाउँदै आएको उनीहरूको आरोप छ।

लेखापाल गौतममाथि हरेक भुक्तानीमा खुलेआम घुस माग्ने, कमिसन दिनको चेक बनाउने र कमिसन नदिनेलाई विभिन्न बहानामा चेक बनाउने आलटाल गर्ने गरेका उनीहरुको आरोप छ । यता, लेखापाल गौतमले उजुरी नदिएको कारण अहिले सम्म कसैलाई पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित खबर