LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । कोजाग्रत पूर्णिमाको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा आज साँझ विशेष पूजाको आयोजना गरिएको छ । अन्य स्थानहरूमा हिजो नै कोजाग्रत पूर्णिमा मनाइए पनि जानकी मन्दिरमा भने आज मंगलवार विधिवत रूपमा विशेष पुजा गरी पर्व मनाइँदै छ ।

यस अवसरमा परम्परागत रूपमा हरेक वर्षझैँ यस वर्ष पनि महोत्तरीको रतौलीबाट पाहुर (भार) जानकी मन्दिर आइपुगेको छ । करिब डेढ सय वर्षअघि स्वर्गीय महेन्द्र प्रसाद ठाकुरको घरबाट सुरु भएको यो परम्परा अहिले पनि निरन्तर चल्दै आएको छ। हाल उनका परनाती नवीन ठाकुरले यो वर्षको पाहुर लिएर मन्दिर आइपुगेका हुन् ।

जानकी मन्दिरका अनुसार यस वर्षको पाहुरमा फलफूल, मिठाई, दही, च्युरा, पान, मखान, लुगा–फाटा लगायतका सामग्रीहरू रहेका छन् । ठाकुर परिवारका नवीनका अनुसार १५२ वर्षदेखि निरन्तर रूपमा आफ्नै परिवारबाट पाहुर जानकी मन्दिर पठाउने चलन रहँदै आएको छ । उनका अनुसार सन्तान प्राप्तिको भाकल पुरा भएपछि आफ्नो परिवारबाट भार पठाउने परम्परा सुरु भएको थियो ।

कोजाग्रत पूर्णिमाका दिन जानकी मन्दिरमा विशेष पूजा, नाचगान र प्रसाद वितरणको कार्यक्रम हुने गर्दछ। आज साँझ मन्दिर परिसरमा भक्तजन, साधु–सन्त र नेपाल–भारतका तीर्थालुहरूको भीड देखिएको छ । जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवका अनुसार कोजाग्रत पूर्णिमाको दिन सेतो परिकार खाने परम्परा छ। ‘यस वर्षको पाहुरमा पनि दही, मखानलगायतका सेतो परिकारहरू समावेश छन्,’ महन्त दासले भने ।

साँझको समयमा चन्द्रमाको शीतल प्रकाशमा भगवानलाई बाहिर निकालेर ‘चुमाउने’ र त्यसपछि मन्दिरमा नाचगान, मह, पान, मखानलगायतका परिकार प्रसादका रूपमा वितरण गरिन्छ ।

मिथिला क्षेत्रका ब्राह्मण समुदायमा नयाँ विवाहित बेहुलाको घरमा बेहुली पक्षबाट वस्त्र, च्युरा, दही, पान, मखान, माछा, मिठाईसहितको पाहुर पठाउने चलन छ। दसैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ। यसै दिनदेखि कात्तिक स्नान सुरु हुने बताईन्छ ।

सम्बन्धित खबर