LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । सत्ता सहयोगी दलहरुले समर्थन फिर्ता लिएपछि अल्पतमा रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले २८ असोजमा प्रदेश सभाबाट विश्वासको मत लिने छ ।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री सिंहले शुक्रवार प्रदेश सभा सचिवालयलाई पत्रचार गरि २८ गते विश्वासको मत दिने जानकारी गराएको छ । मुख्यमन्त्री सिंहले आफ्ना प्रेस सल्लाहकार अवेधश झा मार्फत प्रदेश सभामुखलाई विश्वासको मत लिने जानकारी गराएका हुन् ।

आफ्नै पार्टी जनमत र सत्ता साझेदार दल एमाले र नेपाली काँग्रेसले समर्थन फिर्ता लिएपछि सिंह नेतृत्वको सरकार अलपमत रहेको छ । समर्थन फिर्ता लिएलगत्तै यी काँग्रेसले एमाले र जनमत पार्टीसँग मिलेर आफ्नो नेतृत्वको नयाँ सरकार गठनका लागि २२ असोजमै प्रदेश प्रमुखसमक्ष ५८ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बहुमतको दाबी प्रस्तुत गरिसकेका छन् ।

नयाँ गठबन्धन बनेको र बहुमत गुमेको यस राजनीतिक संकटका बीच मुख्यमन्त्री सिंहले पद जोगाउन अन्तिम संवैधानिक प्रयास गर्ने अडान लिएका छन्। तर, प्रदेशसभामा आवश्यक ५४ मत नपुग्ने र विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत रहेको स्थितिमा उनले विश्वासको मत पाउने सम्भावना देखिएको छैन ।

सम्बन्धित खबर