LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । भारतको रांचीमा अगामी अक्टोबर २४ देखि २६ तारिखसम्म हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली खेलाडी टोली आज जनकपुरधामबाट भारत प्रस्थान गरेको छ ।

नेपालबाट २६ खेलाडीसहित ३० सदस्यीय टोली प्रतियोगितामा सहभागी हुने भएको छ। टोलीलाई मधेश खेलकुद परिषदका वरिष्ठ सदस्य मोहम्मद असगर खाँ, लव अधिकारी, सुनिल यादव तथा परिषदका कर्मचारी अजित मिश्राले दोसल्ला ओढाई बिदाइ गरे।

खेलाडीहरुमा पुरुषतर्फ मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सुशिल केसी, विशराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेश सिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रविण राना, नारायण भण्डारी रहेका छन् । त्यसैगरि महिला खेलाडी तर्फ सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, बसन्ती चौधरी, सिमा कुमारी थारु, जयरानी थारु, सिता शाही, सर्मिला कुमारी थारु, सरस्वती चौधरी, रन्जिता अधिकारी र डिना गोपाली रहेका छन् ।
टोलीमा प्रशिक्षकको रूपमा राजेश वज्राचार्य र धनिराम चौधरी रहेका छन् भने व्यवस्थापकमा दिपेन्द्र कुमार गोईत र अफिसियलमा अनिरुद्र चौधरी रहेका छन्।

खेलाडीहरूलाई बिदाइ गर्दै परिषदका वरिष्ठ सदस्य मोहम्मद असगर खाँले उत्कृष्ट प्रदर्शनसहित पदक जितेर देशको झण्डा गौरवान्वित बनाउने शुभकामना व्यक्त दिए ।

सम्बन्धित खबर