LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । लोक आस्थाको छठ पर्व अन्तर्गत आज मुख्यदिन अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिईएको छ ।

छठका लागि ब्रत बसेका बर्तालु महिला तथा पुरुषहरुले पानीमा घण्टौ उभिएर अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिएका हुन् । बर्तालुहरुले छठ पुजाका समाग्रीहरुलाई पालैपालो सुर्यलाई अर्घ देखाई पुनः पुजा स्थल अर्थात घाटमै राख्ने परम्परा रहेको छ । छठ पर्वमा मुख्यत ठकुवा, भुस्वा, केरा, उखु, स्याउ, खाजा मिठाई सहितका समाग्री चढाईन्छ । व्रतालु महिला वा पुरुष आज साँझ अस्ताउँदै सुर्य प्रतिक्षामा रहेका छन् ।

जनकपुरधामका गंगासागर, धनुषसागर, दशरथ तलाव, अरगजा पोखरीसहित छठ घट हुने जलायस क्षेत्रलाई सजाईएको छ । केही दशक अगाडि छठ पर्व नेपालका तराई क्षेत्र र भारतका बिहार, उत्तर प्रदेश लगायतका राज्यहरूमा मात्र धूमधामका साथ मनाएपनि अहिले काठमाण्डौ राजधानीसहित पहाडी जिल्लाहरुमा पनि धुमधामका साथ मनाइने गरिन्छ । जनकपुरधामको गंगासागरमा भईरहेको छठ पुजामा गृहमन्त्री ओमप्रकाश अर्याल समेत सहभागि भएका छन् । उनी गंगासागरमै हुने महागंगा आरतीमा समेत सहभागि भएका थिए ।







सम्बन्धित खबर