LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । विश्व खाद्य दिवसको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशका आठ जिल्लाका उत्कृष्ट किसानहरूलाई एक समारोहका बीच सम्मान गरेको छ ।

मधेश प्रदेश सरकार अन्तर्गत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका कृषि विकास निर्देशनालयले प्रदेशका ८ वटै जिल्लाबाट एक÷एक उत्कृष्ट किसानलाई छनौट गरि नगदसहित सम्मान गरेको छ ।
उत्कृष्ट किसानका रूपमा सम्मानित हुनेहरूमा बाराको जीतपुर सिमरा–१८ की मकै किसान विनिता गौतम,पर्साको बिन्दवासिनी–४ का च्याउ किसान सुजित कुमार चौरसिया,रौतहटको कटहरिया–५ का धान किसान रामसिंह राय यादव,सर्लाहीको वागमती–११ का मौरी किसान मणि प्रसाद पाण्डे,महोत्तरीको पिपरा–४ का दलहन किसान अरुण ठाकुर,धनुषाको मिथिला–८ का तरकारी किसान छविलाल महतो,सिरहा नगरपालिका–२ का बीउ उत्पादक किसान बलराम यादव, र सप्तरीको अग्नीसाइर कृष्णासवरण–२ का महावीर प्रसाद चौधरी रहेका छन् ।

यी किसानहरू आफ्ना क्षेत्रमा नवीन प्रविधि, उत्पादन वृद्धि, जैविक खेती र कृषक समुदायमा अभिप्रेरणाको उदाहरण प्रस्तुत गरेका कारण उत्कृष्ट किसानको उपाधि प्रदान गरिएको निर्देशनालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.उमेश दाहालले मधेश प्रदेशलाई अन्न भण्डारका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउँदै कृषिप्रति किसानहरुको आकर्षण बढाउन सम्मानले सकरात्मक सन्देश दिएको बताए । उनले भने,‘ मधेशको उर्वर भुमि, लगनशील किसान र प्रविधिको संयोजनकले मधेशले खाद्य सुरक्षामा ठुलो योगदान पुर्याउन सक्छन् ।’

सचिव दाहालले किसानको सम्मानलाई मात्र होइन, उनीहरूको सीप र उत्पादनलाई संस्थागत रूपमा प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख डा.सरोज चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख बिमल दाहाल, र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, धनुषाका प्रमुख रविलला शर्मा लगायतका वक्ताहरूले खाद्य सुरक्षा, पौष्टिकता र उत्पादन सुधारका विषयमा धारणा व्यक्त गरे । वक्ताहरूले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौतीहरू र नयाँ प्रविधि अपनाएर उत्पादनमा विविधीकरण गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर