LIVE
राजनीतिक परिवर्तनले मात्रै पिछडा वर्गको विकास हुदैन ः अध्यक्ष यादव | बाराका पानी उद्योगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जना पक्राउ | महोत्तरीका जेनजी युवाहरूले सिडिओ र अस्पताल प्रमुखलाई बुझाए ज्ञापनपत्र | सत्ताव्यापी विवाहपञ्चमी महोत्सव,दिउँसो स्वयम्बर, राती विवाह | विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार मटकोर कार्यक्रम सम्पन्न, भोलि विवाह हुने | मुख्यमन्त्री तोके बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी | विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतवार तिलकोत्सव सम्पन्न | रामजानकी अन्तर्राष्ट्रिय रंगशाला मन्त्रीद्वयद्धारा निरीक्षण | मुख्यमन्त्री सरकारी निवास ः सोनल आउट, सरोज इन | सभामुख मण्डल पदमुक्त |

जनकपुरधाम । धनुषा र सिरहाको सीमामा रहेको पवित्र कमला नदी हरेक वर्ष कार्तिक पूर्णिमाका अवसरमा धार्मिक आस्था, संस्कृतिक परम्परा र स्थानीय व्यापारको संगमस्थल बन्ने गर्छ । भुत मेला, कमला स्नान तथा देव मेला नामले चिनिने यो पर्वले मिथिला क्षेत्रको सांस्कृतिक पहिचान मात्र होइन, आर्थिक गतिविधिलाई समेत बल पु¥याएको छ ।
कार्तिक पूर्णिमाको बिहानैदेखि नदी किनारमा हजारौँ श्रद्धालुहरूको घुईँचो लाग्छ । टाढा–टाढाबाट आएका भक्तजनहरू “पापकी छय, धर्मकी जय” जस्ता नारासहित नदीमा डुब्की लगाउँछन् । उनीहरूमा पवित्रता र आत्मशुद्धिको भावना जागृत हुने गर्छ । यद्यपि कतिपयले यसलाई अन्धविश्वासको रूपमा पनि हेर्ने गरेका छन् ।
मेलाको विशेष आकर्षण धामी–झाँक्रीको उपस्थितिमा रहन्छ । उनीहरू परम्परागत पोशाकमा, ढोल–मादल बजाउँदै देवता बोलाउने र भूत भगाउने तान्त्रिक अनुष्ठान प्रदर्शन गर्छन् । स्थानीय युवाहरूका लागि यो दृश्य लोभलाग्दो सांस्कृतिक अनुभव बन्छ । कमला अभियानका संयोजक बिक्रम यादवले कमलामा लाग्ने यो मेलाई भुत मेला नभनि देव मेला भन्नुपर्ने बताए । कार्तिक पुर्णिमामा कमलामा माता लक्ष्मीको बास हुने भएकोले यसलाई देव मेला भन्नुपर्ने उनको भनाई छ ।
देव मेलाले दुई दिनका लागि कमला नदी आसपासको अर्थतन्त्रमा पनि नयाँ उत्साह ल्याउँछ । स्थानीय व्यापारीहरूले दूध, च्युरा, चिया, फलफूल, कपडा, धार्मिक सामग्रीदेखि लिएर बालबालिकाका खेलौना बेचेर राम्रो आम्दानी गर्छन् । होटल, यातायात र आवास व्यवसाय पनि फस्टाउँछ ।
सिरहा, धनुषा, सप्तरी, महोत्तरी, उदयपुरका साथै भारतका मधुबनी, दरभङ्गा र समस्तीपुरबाट पनि भक्तजनहरूको ओइरो लाग्ने गर्छ । यसरी सीमापारको सहभागिताले भूत मेला लाई क्षेत्रीय सांस्कृतिक सम्पर्कको माध्यम बनाएको छ ।
वरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलका अनुसार, ‘कमला नदी मिथिलाको आस्थाको प्रतीक हो । भूत मेला केवल तान्त्रिक विश्वास होइन, यसले मिथिला समाजको सांस्कृतिक निरन्तरता पनि दर्शाउँछ।’
धार्मिक आस्था, सांस्कृतिक झल्को र आर्थिक चलायमानता यी तीनै पाटो मिसिएको देव मेलाले आज पनि कमला नदी किनारलाई मिथिला सभ्यताको जीवित प्रतीक बनाइरहेको छ ।
धनुषाको कमला नदी किनारमा लाग्ने भूत मेला धार्मिक आस्थाको केन्द्र भए पनि पछिल्ला वर्षहरूमा यो मेला आर्थिक लेनदेन र अन्धविश्वासको बजारमा रूपान्तरण हुँदै गएको छ ।
मेलामा धामीझाँक्रीहरूको भीड लाग्ने गर्छ, जहाँ उनीहरूले भूतप्रेत तर्साउने, देवीदेवताबाट मुक्ति दिलाउने जस्ता दाबी गर्दै सर्वसाधारणबाट ठूलो रकम असुल गर्ने गरेको पाइएको छ । कमला नदीमा स्नान गराएपछि रोग निको हुन्छ वा अपशकुन टर्छ भन्ने विश्वासले स्थानीयहरू धामीसँग सहारा खोज्ने गर्छन् ।
स्थानीयवासीका अनुसार धामीहरूले अहिले धोती, कुर्ता, गम्छा मात्र होइन, नगद दुईदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेका छन् । पहिले आस्थाले भरिएको मेला अहिले पैसाको लेनदेनमा आधारित बन्न थालेको हो ।
मेलाको समयमा कमला नदीको किनार व्यापारिक केन्द्रमा परिणत हुन्छ । दुध, च्युरा, पानी, चिया लगायतका सामानको बिक्री ह्वात्तै बढ्ने गर्छ । देव मेलाकोे भीड र सांस्कृतिक आकर्षणका कारण कमला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र जनकनन्दनी गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएका छन् ।

सम्बन्धित खबर