LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य रहबर अन्सारीको विद्रोहले मधेश प्रदेश सरकार ढलेको छ। अन्सारीले मधेश प्रदेशसभाको रोस्टमबाट मधेश सरकारको औचित्य र नैतिक धरातल सकिएकाले आफ्नै मुखमा कालोमोसो दलेर सरकारलाई विश्वासको मत दिन नसकिने बताउँदै आफ्नो अडानमा कायम भएपछि सरकार ढलेको हो।

नेकपा माओवादी केन्द्रको ह्विप उल्लंघन गर्दै विद्रोही सांसद अन्सारीले एकपछि अर्को दलले पालैपालो सिद्धान्त, विचार र राजनीतिक चरित्रको सामान्य नियम समेत पालना नगरेर गठजोड गरेको प्रति असन्तुष्टि जनाए। उनले भने, ‘मलाई अब कुनै सरकारप्रति विश्वास छैन की मधेशको विकास गर्छ। सरकारको कुनै नैतिक आधार छैन, यो प्रदेशसभामा रहेका १०७ जना सांसदको पनि कुनै नैतिक धरातल छैन। अब निकास निस्कोस्। मधेशी जनताले आफ्नो म्याण्डेड पाओस्।’

सांसद अन्सारीले रोस्टमबाट भने, ‘ऐतिहासिक दिनमा आज हामी हाम्रो सबैको सामूहिक अपराध स्विकार्न आएको हु। आज ८ वर्ष भयो। संघीयताका लागि भएको संघर्षको केन्द्रविन्दु मधेश हो। माता जानकीको चरणको धुलो एक कण बराबरको हाम्रो हैसियत छैन तर मधेश ६० लाख जनताको अवस्था के छ रु हामीलाई मतलब छैन’, उनले भने।

‘पटक पटक सरकार बन्यो। मेरो दल पनि सरकारमा सहभागी भयो। म पनि सरकारमा थिए। तर सरकारमा भएको बेथितिको विषयमा आफ्नै सरकार र दल पार्टीलाई फोरममा बोले पनि सुनुवाइ हुँदैन।’ अन्सारीले भने, ‘एउटा दल सरकारमा आयो अर्को दलसँग संघीयता खतरामा पर्छ। सबै राजनीतिक दलको मनस्थिति नै पालैपालो खाईपाई आएको सेवा सुविधा कायम रहोस् भन्ने हो। जुन बिलकुल गलत प्रवृत्ति हो। हामीले देश र जनताका लागि राजनीतिक गरेको हो। हामी आफ्नो लागि होइन। हामीले देश, जनता र राष्ट्रलाई केन्द्रमा राखेर गर्नुपर्ने राजनीतिक हामी वरिपरि नै घुमायौं। त्यसैले यो सातवटै प्रदेशका सांसद र सरकारलाई एक्लैको विद्रोह पनि विद्रोह हुन्छ भन्ने सन्देश दिन खोजेका हौं।’

सम्बन्धित खबर