LIVE
नीति तथा कार्यक्रम सर्वसम्मत पारित, टुक्रे योजना भन्दा ठूला आयोजनामा लगानी | नेपाल पत्रकार महासंघ धनुषाद्वारा जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना | एसईईमा जफत गरिएका मोबाइल नष्ट गरिएको घटनामा सर्वोच्चद्वारा जवाफ माग | मिसावटयुक्त खाद्य पदार्थले उत्पदान गर्ने मधेश प्रदेशका ४१ उद्योग विरुद्ध मुद्दा | दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय | मधेस आन्दोलनका शहिद परिवार तथा घाइतेहरुले गरे मधेस भवन अगाडि प्रदर्शन | मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूद्वारा जनकपुरधाममा प्रदर्शन | परीक्षामा जफत गरिएको मोबाईल नष्ट गर्ने प्रशासनको निर्णय विवादमा, विद्यार्थिहरु आन्दोलित | जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु |

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले दलहरू नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिन तयार भए आफू राजीनामा दिन तयार रहेको बताएका छन्। मंगलबार बिहान पत्रकार सम्मेलन गरी मुख्यमन्त्री यादवले यस्तो कुरा बताएका हुन् । उनले भने, ‘म रहरले होइन, संवैधानिक बाध्यतावश मुख्यमन्त्री भएको हुँ, मुख्यमन्त्री बन्ने मेरो इच्छा पनि थिएन । कांग्रेसका नेतालाई मुख्यमन्त्री बनाउने सहमति पनि गरेको थिएँ। तर, वर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलज्यूले विश्वासको मत लिन नसकेपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले मलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो।’

आफू संवैधानिक हिसाबले मुख्यमन्त्री भएको दाबी गर्दै उनले भने, ‘अझै केही बिग्रेको छैन। दलहरू नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत भए म अझै राजीनामा दिएर मार्गप्रशस्त गर्न सक्छु।’ सञ्चारकर्मीको एक प्रश्न उनले भने, ‘तत्काल कांग्रेसबाहेक अन्य दललाई नेतृत्व दिने विषयमा मैले सोचेको छैन।’
उनले आफू आज काठमाडौं जान लागेकोसमेत बताए।

‘पार्टी अध्यक्ष केपी ओलीले पनि मधेश सरकार गठनको विषयमा कन्सर्न राख्नुभएको छ,’ उनले भने, ‘त्यसकारण म काठमाडौं जाँदै छु र त्यहाँ नेपाली कांग्रेसका कार्यवाहक सभापतिजीसँग पनि भेटघाट गर्छु र सरकार गठनको विषयमा जानकारी गराउँछु ।’ प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई सरकारले बर्खास्त गर्न गरेको सिफारिसलाई मुख्यमन्त्री यादवले विरोधसमेत गरे ।

सम्बन्धित खबर