LIVE
राजनीतिक परिवर्तनले मात्रै पिछडा वर्गको विकास हुदैन ः अध्यक्ष यादव | बाराका पानी उद्योगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जना पक्राउ | महोत्तरीका जेनजी युवाहरूले सिडिओ र अस्पताल प्रमुखलाई बुझाए ज्ञापनपत्र | सत्ताव्यापी विवाहपञ्चमी महोत्सव,दिउँसो स्वयम्बर, राती विवाह | विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार मटकोर कार्यक्रम सम्पन्न, भोलि विवाह हुने | मुख्यमन्त्री तोके बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी | विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतवार तिलकोत्सव सम्पन्न | रामजानकी अन्तर्राष्ट्रिय रंगशाला मन्त्रीद्वयद्धारा निरीक्षण | मुख्यमन्त्री सरकारी निवास ः सोनल आउट, सरोज इन | सभामुख मण्डल पदमुक्त |

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का नेता सरोज कुमार यादवको असंवैधानिक नियुक्ति खारेजीको माग गर्दै सात राजनीतिक दलका सांसद तथा कार्यकर्ताहरूले बुधवार पनि बिरोध प्रदर्सन गरेका छन् ।

मधेस भवनको मुख्य गेट अगाडि बिहानैदेखि सुरु गरिएको धर्नामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका सांसद तथा कार्यकर्ताहरू सहभागी छन् ।

मंगलबार साँझको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै सातै दलले गएराति संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका थिए । जसपा नेपालका प्रमुख सचेतक रामशष यादवले अदालतले दिएको अन्तरिम आदेशप्रति सन्तुष्टि व्यक्त गर्दै कानुनी तथा सडक दुवै माध्यमबाट अधिकार प्राप्त गर्ने उद्देश्यले आन्दोलन जारी राखिने बताए । उनले भोलिदेखि विहान ८ देखि ११ बजे सम्म शान्तिपुर्ण धर्ना जारी रहने बताए ।

७४ जना सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमार्फत मुख्यमन्त्री यादवको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै तत्काल बर्खास्त गर्न माग गरिएको छ । यसबीच, मुख्यमन्त्री यादव बुधबार बिहान काठमाडौं प्रस्थान गरेका छन् । मधेशमा सरकार गठनको विषयमा पार्टी अध्यक्ष केपि शर्मा ओलीले कन्र्सन लिएकोले भेट काठमाण्डौ जान लागेको बताए ।

काठमाण्डमौमा काँग्रेसका कार्यवाहक सभापति समेतलाई भेट्ने कार्यक्रम रहेको उनले बताए । काठमाण्डौ जानु अघि मुख्यमन्त्री यादवले मंगलवार भएको प्रदर्शनमा घाईते भएकाहरुलाई भेट्न आज विहान प्रादेशिक अस्पाल जनकपुरधाममा पुगेका थिए । तर घाइतेहरू गएराति नै घर फर्किसकेले अस्पतालका मेसु डा. जामुन साहसँग अस्पतालको अवस्था वारे जानकारी लिएका थिए ।

यता,सात दलको आन्दोलनको कारण मधेश सरकारका सम्पुर्ण मन्त्रालयको कार्य ठप्प भएको छ । प्रदर्शनकारीहरुले सोमवारदेखि नै सबै मन्त्रालयमा तालबन्दी गरेको छ । प्रदेश सरकारको प्रशासनिक भवनमा कुनै कर्मचारी प्रवेश नगरोस् भन्ने उदेश्यले मुल गेटमै धर्ना दिने गरेका छन् ।

सम्बन्धित खबर