LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । नेपाली काँग्रससहितका सात दलले प्रदेशका सभामुख रामचन्द्र मण्डल मधेश प्रदेशमा मुठभेडतर्फ लान खोजेको आरोप लगाएका छन् । शुक्रवार साँझ विज्ञप्ती जारी गर्दै सात दलले सभामुख मण्डल संविधान र पदीय मर्यादा विपरित अभद्र व्यवहार प्रदर्शन गरेको आरोप लगाएका हुन् ।

पद अनुकुल आरचरण नदेखिएको प्रस्ताव प्रदेश सभामा दर्ता गराउन गएका प्रदेश साँसदहरुलाई सभामुखु मण्डलले गालीगलौज, हातपात, अभद्र व्यवहार गरेको साथै बाहिरबाट गुन्डा बोलाएर सांसदहरूलाई बन्धक क्रियाकलाप गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा सातमा संविधान २०७२ तथा प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १८०(१) बमोजिम सात सदका साँसदहरु ‘सभामुखले पदअनुकूल आचरण नगरेको’ प्रस्ताव दर्ता गर्न प्रदेश सभा पुगेका थिए । तर, सभामुख स्वयंले दर्ता प्रक्रियामै अवरोध गर्दै राज्यका कर्मचारीलाई समेत धम्की दिएको आरोप लगाइएको छ ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी) तथा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधीले संयुक्त रूपमा विज्ञप्ति जारी गरेको प्रेस विज्ञप्तीमा पाँच जना प्रदेश सभा सदस्यलाई पदमुक्त गर्नु असंवैधानिक समेत उल्लेख छ ।

सात दलले सभामुख मण्डलको कार्य असंवैधानिक, दुर्भाग्यपूर्ण र गैरराजनीतिक निर्णय’ को संज्ञा दिएका छन् । उनीहरुले पाँच जना साँसदलाई कारवाही तत्काल कानुन बमोजिम सच्चाएन भने उत्पन्न हुन सक्ने अवस्थाको सम्पुर्ण जिम्मेवारी सभामुखले लिनुपर्ने चेतावनी दिएका छन् ।

सम्बन्धित खबर