LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आन्दोलनरत सात दललाई वार्तामा आउन आग्रह गरेका छन् । शनिबार बिहान प्रदेशवासीको नाममा सम्बोधन गर्दै उनले नेपाली कांग्रेस सहित सात दलका नेताहरूलाई संवादको मार्फत वर्तमान प्रदेशमा देखिएको राजनीतिक समस्यालाई समाधान गर्न आग्रह गरेका हुन् ।

आफ्नो नियुक्तिको विषय वारे मुद्दा सर्वोच्च अदालतमा रहेकोले तत्काल आन्दोलनलाई छोडेर प्रदेशमा शान्तिको वातावरण बनाउन उनले दलहरूलाई आग्रह समेत गरे । मधेसकेन्द्रित दलहरू प्रदेशलाई मुठभेडतर्फ लैजान खोजिरहेको मुख्यमन्त्री यादवले आरोप लगाए । मुख्यमन्त्री यादवले आन्दोलनकारीबाट आफू र संवैधानिक पदाधिकारीहरूलाई सुरक्षा खतरा बढेको दाबी गर्दै प्रदेशसभा सांसदहरू अझ ठूलो जोखिममा रहेको बताए । ‘मधेसकेन्द्रित दल,खास गरि जसपा नेपाल र लोसपासँग कुनै ठोस एजेन्डा छैन, मुख्यमन्त्री यादवले भने,‘ त्यसकारण जनतालाई भड्काएर मधेश प्रदेशमा अस्थिरता सिर्जना गर्न खोजिएका छन् ।’

उनले जेन–जी आन्दोलनपछि मुलुकमा वैदेशिक हस्तक्षेपका गतिविधि बढेको आरोप बताउँदै उनले भने,‘ अव प्रदेशको राजनीतिमा पनि भारतीय दुतावासको चलखेल बढेको छ ।’
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र समाधान पनि न्यायालयबाटै आउने हुँदा सडक आन्दोलनको औचित्य नरहेको उनको भनाई छ । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकारलाई सत्ता सहयात्रि दलकै कारण ढलेको भन्दै उनले त्यसको दोष आफुलाई लगाउन खोजिएको बताए ।

आफू नचाहँदा पनि परिस्थितिले आफुलाई मुख्यमन्त्री बनाएको बताउँदै उनले भने,‘ अदालतका जो आदेश आउँछ, त्यसलाई हामी स्वीकार गर्छौ । तर अहिले आन्दोलन गरेर प्रदेशलाई अशान्त बनाउने ? कर्मचारी कुट्ने, राष्ट्रको झण्डा च्यातने कार्य देख्दा राति निदाउन पनि सकिरहेको हुदैनौ ।’ निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्रीको निवासमा खालि नगरेको प्रति उनले आपत्ति जनाए । उनले प्रत्येक दिन विहान सवा ७ बजेदेखि ८ बजे सम्म जनताको कुरा, गुनासो र समस्या सुन फोन मार्फत ‘जनतासँग मुख्यमन्त्री कार्याक्रम’ संचालन गरिने बताए ।

सम्बन्धित खबर