LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले राजीनामा दिएको दुई सातापछि मुख्यमन्त्रीको सरकारी निवास खाली गरेका छन्। २२ कात्तिकमा पदबाट राजीनामा दिएपनि नयाँ मुख्यमन्त्री नियुक्त भईसकेको अवस्थामा उनी सरकारी निवासमा बस्दै आएका थिए ।
नेकपा (एमाले) संसदीय दलका नेता सरोज कुमार यादव ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेपछि निवास खाली गर्न आग्रह गरिएको थियो। निवास नछाडेपछि मुख्यमन्त्री यादवले विभिन्न दलका नेता तथा प्रमुख सचेतकमार्फत सहयोग माग्दै निवास छोड्न अल्टिमेटमसमेत दिएका थिए।

सोनलले शुक्रवार निवास खाली गरेपछि आजैदेखि मुख्यमन्त्री यादव औपचारिक रूपमा सरकारी निवास सरेका छन्। जनकपुरधाममै भाडामा बस्दै आएका यादव सरकारी निवासबाटै काम सुरु गरेका हुन्।
मुख्यमन्त्री यादवले आफूलाई सेना र प्रहरीले पटक–पटक निवास बसाइबारे आग्रह गरे पनि सम्भावित भिडन्त टार्न तत्काल जान नचाहेको बताए । यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि सात दलले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन्। सर्वोच्च अदालतमा दायर रिटमाथि अन्तरिम आदेश जारी भइसकेको छ भने मंसिर ११ गते अर्को पेसी तोकिएको छ ।

सम्बन्धित खबर