LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । मधेश प्रदेशका गौरवको योजनाको रुपमा रहेको जनकपुरधामका निर्माणधीन रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री कुलमान घिसिङ्गले निरीक्षण गरेका छन्।

विभिन्न कार्यक्रममा सहभागिता जनाउन शुक्रवार जनकपुरधाम मन्त्रीद्वयले रंगशाला स्थल पुगेका थिए। निरीक्षणका क्रममा रंगशालाको डिजाइन, मैदानको अवस्था, सिट व्यवस्था, पार्किङ सुविधा सहित प्रस्तावित पूर्वाधारको प्रगतिबारे जानकारी लिएका थिए।
रंगशाला खेलकुदप्रेमीहरूका लागि आशाको केन्द्र बन्ने विश्वास व्यक्त गर्दै मन्त्री गुप्ताले भने,‘नेपालमा खेलकुदप्रतिको आकर्षण बढ्दो छ। यो रंगशालाले युवा खेलाडीलाई ठूलो अवसर प्रदान गर्नेछ र अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्न सकिने आधार तयार हुनेछ।’

सो अवसरमा भौतिक पूर्वाधार मन्त्री घिसिङ्गले संघ सरकारले रंगशाला निर्माणका लागि आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याए। ‘जनकपुरधाम मात्र होइन देशकै खेलकुद विकासमा यो परियोजनाले महत्वपूर्ण योगदान गर्नेछ,’ उनले भने।
निर्माणाधीन रंगशालामा फुटबल, क्रिकेट, भलिबल लगायतका खेलका लागि विशेष सुविधा रहने र दर्शकका लागि आधुनिक संरचना निर्माण गरिने लक्ष्य राखिएको छ ।

रंगशालाको निरीक्षणपछि मन्त्रीद्वयले आजै कमला पुलको समेत निरीक्षण गरेका हुन् । मधेश प्रदेशको लाईफलाईन हुलाकी सडकमा पर्ने तथा सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको काम तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पुल निर्माणको ठेक्का सम्झौता १४ वर्ष अघि भएपनि पुल निर्माण नसकिँदा यस क्षेत्रका नागरिकले सास्ती खेप्नुपरेको गुनासो आएपछि आफुहरु स्थलगत अनुगमन गर्न आएको मन्त्री घिसिङले बताए । निरीक्षण टोलीमा जेन्जी अगुवाहरु सुदन गुरुङ, शिव यादव, पुरषोत्तम यादवलगायत सहभागि थिए ।

सम्बन्धित खबर