LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ । त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आइतबार तिलकोत्सव सम्पन्न भएको हो ।

तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट छोटा महन्थ रामरोशन दासको नेतृत्वको सयौको संख्यामा श्रद्र्धालुभक्तजनहरु ‘भार’ लिएर राम मन्दिरमा पुगेका थिए ।

तिलकोत्सवमा जानकी मन्दिरका छोटा महन्थ दास सिताको बुबाको रुपमा र अयोध्या दरबार तथा भागवान रामको बुबाको रुपमा जनकपुरधाम स्थित राम मन्दिरका महन्थ राम गिरि एक अर्कालाई अङ्कमाल गर्दै समधी मिलन गरेका थिए ।
तिलकोत्सवको अवसरमा दुवै पक्षबिच हास्य सपरिहास समेत भएको थियो ।

जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको प्राङ्गणमा आएर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए । विवाहपञ्चमी अन्तर्गत भोलि सोमबार पाँचौ दिन मटकोर हुने कार्यक्रम रहेको छ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने मङ्गलबार विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर