LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत पाँचौं दिन आज सोमवार मटकोर कार्यक्रम सम्पन्न भएको छ ।

जनकपुरधाम स्थित गंगासागर पोखरीमा मटकोर विधि सम्पन्न भएको हो ।मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता–राम विवाहका लागि मडवा (मण्डप) निर्माण गरिने छ ।
जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजा सहित बिहेको वेदी बनाउन माटो ल्याउन छोटे महन्थ राम रोशन दासको नेतृत्वमा साधु सन्त, प्रतिकात्मक जानकी सहितको टोली गंगासागर पोखरीमा पुगेको थिए । सो अवसरमा मैथली महिलाहरूले विभिन्न प्रकारका वैवाहिक गीत प्रस्तुत गरेका थिए।

पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीता–राम विवाहका लागि वेदी तयार गर्ने चलन छ। जानकी माताको मटकोर विधि हेर्नका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजन गंगासागरको डिलमा पुगेका थिए। वैवाहिक कार्यक्रममा सहभागी हुन अयोध्याबाट आएका जन्तीको समेत मटकोरमा सहभागिता थियो।

अब भोली मंगलबार मैथिली परम्परा अनुसार दिउँसो स्वयंवर र राति वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिए । महोत्सवको अन्तिम बुधबार राम कलेवा कार्यक्रम सँगै भारतबाट आएका साधुसन्तका जन्तीहरु भोजन गराई विदावारी गरेपछि विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

सम्बन्धित खबर