LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनले मात्रै दलित, पिछडा वर्ग तथा अल्पसंख्यकको विकास नहुने बताएका छन् । मुलुकमा पटक– पटक राजनीतिक परिवर्तन भएपनि आर्थिक र समाजिक परिवर्तन हुन नसकेकोको उनले बताए ।

दलित , पिछडावर्ग, थारु आदिवासी र अल्पसंख्यक (डोटिम) परिसंघको धनुषा जिल्ला स्तरीय वृहत अन्तरक्रिया कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष यादवले राजनीतिक परिवर्तनले मात्र मुलुक समृद्ध हुन नसक्ने भन्दै आर्थिक र समाजिक परिवर्तनको दिशामा अघि बढनु आवश्यक रहेको बताए ।

अबको क्रान्ति आर्थिक र समाजिक रुपान्तरणको लागि हुनु पर्ने उल्लेख गर्दै उनले ती क्रान्तिको नेतृत्व डोटिम परिसंघले लिनुपर्ने बताए । समाजको तल्लो अवस्थामा रहेका वर्ग र समुदायको अवस्थामा परिवर्तन नभए सम्म राजनीतिक परिवर्तनको कुनै अर्थ नहुने उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ समाजमा रहेको विकृति विसंगतिको अन्त्य भए सम्म लोकतन्त्रको कुनै अर्थ हुदैन । त्यसैले अव आर्थिक र समाजिक परिवर्तनको आवश्यकता छ ।’

दलित, पिछडावर्ग, अल्पसंख्यकहरुको राजनीतिमा भागिदारी र सत्तामा साझेदारी नभए सम्म सार्थक लोकतन्त्रको परिकल्पना समेत गर्न नसक्ने उनको भनाई थियो । दलित, पिछडावर्ग, अल्पसंख्यकहरु छुट्टा छुट्टै लडेर समानताको अधिकार पाउन नसक्ने भन्दै उनले एकजृुट भएर लडनका लागि डोटिम परिसंघ साझा मञ्च निर्माण भएको उनले बताए ।

डोटिम परिसंघका केन्द्रिय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा परिसंघका सल्लाहकार डा. पिके ठाकुरले डोटिम स्थापनाको उद्देश्य र अगामी कार्यदिशाबारे आफनो विचार प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर