LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । मधेश प्रदेशसभाका नवनिर्वाचित सभामुख रामअशिष यादवले संघीय सरकारले प्रदेश सरकारलाई आफ्ना विकासे अडडको रुपमा लिएको आरोप लगाएका छन् ।

संघियता अभ्यासको यतिको वर्ष भईसक्दा पनि संघीय सरकारले प्रदेशलाई ‘को–अपरेटिभ’ जस्तो संस्थाको रूपमा प्रयोग गरिरहेको सभामुख यादवको भनाई थियो । सोमबार पदभार ग्रहण गर्दै सभामुख यादवले संविधानले दिएको अधिकार प्रयोग गर्न नदिई संघीयताको नाममा प्रदेशलाई बजेट खर्चको निगरानी गर्ने मात्र इकाइका रूपमा सीमित गरिएको बताए । यसले संघीय व्यवस्थाको मर्ममाथि प्रहार गरेको उनको भनाइ थियो।

सभामुख यादवले प्रदेशसभामा सुशासन कायम गर्दै लोकतान्त्रिक मूल्यमान्यता अनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संसदीय अभ्यासलाई सुदृढ बनाउने, विधायिकाको गरिमा उकास्ने र विधिप्रक्रियामा आधारित निर्णयलाई प्राथमिकता दिने उल्लेख गरे । ‘सभामुखको कुर्सी राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि हुन्छ,’ उनले भने, ‘संविधान, कानुन र संसदीय नियमावलीको पूर्ण पालना गराउँदै सभालाई उत्तरदायी बनाउने मेरो दायित्व हो।’

उनले विषयगत समितिहरूलाई सक्रिय बनाउँदै विधेयकमाथि छलफल, संशोधन तथा सहमति निर्माणमा सभामुखको भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । प्रदेशसभाले कार्यपालिकामाथि प्रभावकारी निगरानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै सभामुख यादवले बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र सेवाप्रवाहको गुणस्तरमा संसद अझ सशक्त हुनुपर्ने धारणा राखे ।

पदभार ग्रहण कार्यक्रममा सरकारका मन्त्री, सांसद तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। सभामुख यादवले पदभार ग्रहण गर्नु अघि जनकपुरधामको मुजेलियास्थित मधेश आन्दोलनका शहिदहरुको शालिकमा मलाअपर्ण समेत गरेका थिए ।

सम्बन्धित खबर