LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम। नेपाली कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी गतिविधि तीव्र बनाएको छ । यही क्रममा शनिबार जनकपुरधाम र मुखियापट्टी मुसहरनियामा दुई स्थानमा चुनावी सभा सम्पन्न भएका छन् ।

पहिलो सभा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ अन्तर्गत कदम चौकस्थित सोनी गेस्ट हाउसमा आयोजना गरिएको थियो । सभामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिले सम्बोधन गरे ।

त्यसैगरि, मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–२ मा दोस्रो चुनावी सभा सम्पन्न भएको थियो । सभालाई सम्बोधन गर्दै उम्मेदवार निधिले लोकतन्त्र, संविधान र संघीयताको रक्षा नेपाली कांग्रेसको प्रमुख दायित्व भएको बताए ।

‘मधेशले प्राप्त गरेका राजनीतिक उपलब्धि सहजै प्राप्त भएका होइनन्,’ उनले भने, ‘यी उपलब्धिलाई संस्थागत गर्दै मधेशको पहिचान, अधिकार र सम्मानलाई अझ मजबुत बनाउने जिम्मेवारी कांग्रेसको काँधमा छ ।’

निधिले धनुषा–३ का मतदातालाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकता रहने स्पष्ट पारे । ‘जनताको जीवनस्तर नउकासेसम्म राजनीति सफल हुँदैन,’ उनले भने, ‘सडक, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थालाई सुदृढ बनाउँदै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति लिइनेछ ।’

उनले पछिल्ला वर्षहरूमा देखिएको निराशा र अविश्वासप्रति कटाक्ष गर्दै स्थिर सरकार र जिम्मेवार नेतृत्व आजको आवश्यकता रहेको उल्लेख गरे । ‘लोकप्रिय नाराभन्दा परिणाममुखी राजनीति आवश्यक छ,’ निधिले भने, ‘मैले जनताको प्रतिनिधिका रूपमा गरेको काम र अनुभव नै मेरो सबैभन्दा ठूलो पूँजी हो ।’

दुवै सभामा स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यता र समावेशी विकासको विश्वसनीय शक्ति भएको दाबी गर्दै उम्मेदवार निधिलाई जिताउन एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सहभागी वक्ताहरूले धनुषा–३ को विकासका लागि अनुभवी र राष्ट्रिय राजनीतिमा स्थापित नेतृत्व आवश्यक रहेको धारणा राखे ।

नेपाली कांग्रेसले आगामी दिनहरूमा पनि क्षेत्रका विभिन्न स्थानमा चुनावी सभा, घरदैलो कार्यक्रम तथा जनसंवादलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित खबर