LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । प्रगतिशील लोकतान्त्रिक पार्टीका समानुपातिक उम्मेदवार इदरिश राईनले आगामी निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिन्ह आँखा छापमा मतदान गर्न मतदातासमक्ष अपिल गरेका छन्।

सार्वजनिक गरिएको प्रचार सामग्रीमार्फत उम्मेदवार राईनले स्वास्थ्य, शिक्षा र रोजगारीलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले पहिचानसहितको अधिकार सुनिश्चित गर्ने विषयलाई पनि राजनीतिक एजेन्डाको केन्द्रमा राखेको उल्लेख गरिएको छ।

समानुपातिक उम्मेदवार राईनले समावेशी लोकतन्त्र, सामाजिक न्याय र नागरिकको आधारभूत अधिकारको संरक्षणका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी दृढताका साथ अघि बढिरहेको बताएका छन्। उनले सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई परिवर्तनका लागि आँखा छापमा मतदान गर्न आग्रह गरेका छन्।

पार्टीले समानुपातिक प्रणालीमार्फत संसदमा जनताको आवाज बलियो बनाउने लक्ष्य लिएको र त्यसका लागि योग्य, प्रतिबद्ध र अनुभवी व्यक्तिहरूलाई उम्मेदवार बनाइएको दाबी गरिएको छ।

सम्बन्धित खबर