LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । नेपालमा फागुन २१ गते हुने आम निर्वाचनलाई मध्यनजर गर्दै दरभंगा क्षेत्रका डीआईजी मनोज कुमार तिवारीले भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा तथा जयनगरस्थित नेपाली रेल्वे स्टेशनको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा डीआईजी तिवारीले जयनगर नजिकै रहेको बेटौहा सीमामा एसएसबी ४८ औं बटालियन कमला बीओपीको सुरक्षा व्यवस्थाबारे जानकारी लिएका हुन् ।

सो अवसरमा सहायक कमान्डेन्ट हिमांशु भूषण मोहन्ती, डीएसपी राघव दयाल, जयनगर प्रहरी चौकीका इन्चार्ज अमित कुमार, लदनिया प्रहरी चौकीका अनुप कुमार, आरपीएफ इन्चार्ज गोविन्द सिंह, एएसआई राजकुमार सिंहलगायत सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो ।

सहायक कमान्डेन्ट मोहन्तीले सीमाबाट आवतजावत गर्ने व्यक्तिहरूको पहिचान, सामानको जाँच प्रक्रिया, जाँच चौकीको अवस्था, अन्तर्राष्ट्रिय सीमा पिलरहरूको संख्या, प्रवेश मार्ग तथा सीमा क्षेत्रमा भइरहेका गतिविधिबारे डीआईजीलाई जानकारी गराएका थिए । साथै सीमामा हुने भन्सार जाँचको अवस्थाबारे समेत अवगत गराइएको थियो ।

डीआईजी तिवारीले जयनगरस्थित नेपाली रेलवे स्टेशनको निरीक्षण गर्दै सुरक्षा प्रबन्धको मूल्यांकन गरे । निरीक्षणका क्रममा उनले नेपाल सशस्त्र प्रहरी बल ९एपीएफ० का जवान, आरपीएफ तथा स्थानीय प्रहरीसँग छलफल गर्दै यात्रुहरूको सामान जाँच, स्टेशन प्रवेश मार्ग, सीसीटीभी क्यामेरा, यात्रु बस्ने व्यवस्था लगायत विषयमा जानकारी लिएका थिए ।

डीआईजीले निर्वाचन अवधिमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सतर्कता बढाउन निर्देशन दिँदै सीमा र रेल्वे स्टेशनमा सुरक्षा निगरानी अझ प्रभावकारी बनाउन सम्बद्ध निकायलाई आवश्यक निर्देशन दिएका छन् ।

नेपालको आम निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन सीमाक्षेत्रमा कडा निगरानी र समन्वय आवश्यक रहेको उनले बताए ।

सम्बन्धित खबर