LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

जनकपुरधाम । जनकपुरधाममा साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको ५ औ श्रृंखला ५ फागुन हुने भएको छ । मैथिली विकास कोषले आयोजना तथा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनामा महोत्सवमा गर्न लागेको उक्त महोत्सव ५देखि ८ फागुन चल्ने छ ।

महोत्सवमा मैथिली भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन गर्नुका साथै समसामयिक सामाजिक विषयमा गहन विमर्श हुने मैथिलि विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारि दिए ।
कोष शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले भाषा, साहित्य र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने महोत्सवको उदेश्य रहेको बताए ।

प्रत्येक दुई वर्षमा आयोजना हुने यो महोत्सव सिर्जनात्मक अभिव्यक्तिको मञ्च मात्र नभई सामाजिक न्याय, स्त्रीवाद, दलित विमर्श, शिक्षा र भाषानीतिजस्ता विषयमा गम्भीर छलफलको साझा थलो पनि बन्दै आएको उनले दावि गरे ।

चौधरीका अनुसार महोत्सव अवधिभर २० भन्दा बढी शिर्षकमा बहस, विर्मश कार्यक्रम आयोजना गरिनेछन् । उद्घाटनपछि शहरमा शोभायात्रासहित सांस्कृतिक झाँकीका साथै महोत्सवमा विद्यालयस्तरीय वक्तृत्वकला, कविता वाचन तथा लोकनृत्य प्रतियोगिता, मिथिला चित्रकला कार्यशाला र प्रदर्शनी, पुस्तक प्रदर्शनी, मैथिली आख्यान लेखन तथा विविध विमर्शात्मक कार्यक्रमहरू रहेको उनले बताए ।

आयोजकका अनुसार नाट्य प्रस्तुतितर्फ नेपाल र भारतका विभिन्न नाट्य समूहहरूको सहभागिता रहनेछ । जनकपुरधामका मिनाप, रङ्गदर्पण जनकपुर र भारत विहारका चेतना समिति पटना लगायतका टोलीले ‘छुतहा घैल’, ‘कथा नइ भेटल’, ‘जटजटिन’ र ‘देसिल बयना बहुरुपिया’ जस्ता नाटक मञ्चन गर्नेछन्।

साथै, ‘उठलै किए विहाडिरु (राजनीति)’, ‘पग पग पोखरी पियासल लोक’, ‘भाषाः राजकाज र समाज’, ‘मैथिली साहित्यक समकालीन स्त्रीवाद’ तथा ‘सामाजिक सञ्जालः अवसर र चुनौती’ जस्ता विषयमा विशेषज्ञहरूले आफ्ना धारणा प्रस्तुत गर्नेछन् ।
महोत्सवको विशेष आकर्षणमा मिथिला भोजन, चित्रकला र हस्तकला प्रदर्शनीका साथै नेपाली र भारतीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि समावेश छन्।

समारोह समापनको दिन पुरस्कार वितरण, कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । महोत्सवले मैथिली भाषा, साहित्य, कला र संस्कृतिप्रतिको सहभागिता र प्रतिबद्धतालाई अझ सशक्त बनाउने अपेक्षा लिएको आयोजक संस्थाले जनाएको छ ।

सम्बन्धित खबर