LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मिथिलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको १५ दिने मिथिला मध्यमा परिक्रमा सुरु भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सोमवार झाँकी, कीर्तन परिक्रमाको डोला निकाएिकोसँगै परिक्रमा विधिवत रुपमा सुरु भएको हो । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, साधुसन्त, विभिन्न मठमन्दिरका महन्त तथा हजारौँ श्रद्धालुको सहभागिता रहेको थियो ।

परम्पराअनुसार १५ दिनसम्म चल्ने यस यात्रामा करिब १३३ किलोमिटर पैदल हिँडेर नेपाल र भारतका गरी १५ स्थानमा रात्रि विश्राम गरिन्छ । कचुरीबाट निस्केको टोली पहिलो दिन साँझ जनकपुरधामस्थित हनुमानगढीमा पुगेर विश्राम गर्छ । त्यसपछि जनकपुरधामको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित अन्य मन्दिरबाट आएका डोला जम्मा भई परिक्रमा अघि बढछ ।

अठारौँ शताब्दीदेखि सुरु भएको मानिने यस परिक्रमामा मिथिलाको धार्मिक भूगोल परिक्रमा गर्दै भगवान राम–सीताको पदचिह्न पछ्याइन्छ। मन, वचन र कर्मले श्रद्धापूर्वक परिक्रमा गरेमा पाप नष्ट भई मनोकामना पूरा हुने र मोक्ष प्राप्त हुने जनविश्वास छ । यही आस्थाका कारण वर्षेनि हजारौँ श्रद्धालु सहभागी हुने गरेका छन् । नेपाल भारतका विभिन्न परावको परिक्रमा हुदाँ यसले दुवै देश बीचमा धार्मिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने विश्वास गरिन्छ ।

सम्बन्धित खबर