LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जनमत पार्टीका तत्कालीन केन्द्रीय कार्यकारिणी सदस्य तथा विदेश विभाग प्रमुख शम्भु साह नेपाली कांग्रेस मा प्रवेश गरेका छन् ।

शुक्रबार जनकपुरधामस्थित मिल्स एरियाको निधि निवासमा आयोजित कार्यक्रममा कांग्रेस नेता एवं धनुषा–३ का उम्मेदवार विमलेन्द्र निधिले साहलाई पार्टीमा स्वागत गरेका हुन् । कांग्रेस प्रवेश गरेका साहले २०७९ सालको निर्वाचनमा धनुषा–३ बाट जनमत पार्टीका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै आठ हजार भन्दा बढी मत ल्याएका थिए ।

पार्टी प्रवेशपछि साहले मुलुकमा राजनीतिक स्थायित्व दिन सक्ने शक्ति कांग्रेस मात्रै भएको विश्वास व्यक्त गरे। उनले राजनीतिक घटनाक्रममा बेला–बेला विभिन्न ‘लहर’ चले पनि ती सत्यको अगाडि टिक्न नसक्ने दाबी गरे। ‘कुनै बेला जनमत पार्टीको पनि लहर चलेको थियो, बिस्तारै हराएर गयो,’ उनले भने, ‘अहिले पनि विभिन्न खाले लहरको चर्चा भइरहेको छ, यो पनि विस्तारै हराएर जान्छ।’

निधिलाई निर्वाचित गराउन आफू आजैदेखि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै साहले आफ्ना समर्थकहरुलाई अभियानमा सहभागी हुन आह्वान गरे।
साहलाई पार्टीमा स्वागत गर्दै नेता निधिले संघीयता, लोकतन्त्र र गणतन्त्रजस्ता उपलब्धिको रक्षा गर्न कांग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिए। उनले विगतमा जस्तै आगामी दिनमा पनि विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित खबर