LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । यस वर्षको ‘महामूर्ख’ उपाधि मधेश प्रदेश सभामुख रामआशिष यादवलाई प्रदान गरिएको छ ।

मिथिला नाट्य कला परिषद् ले होली पर्वको पूर्वसन्ध्यामा वर्षौंदेखि आयोजना गर्दै आएको होली महोत्सव तथा महामूर्ख सम्मेलनमार्फत समाजमा सकारात्मक योगदान पु¥याएका व्यक्तित्वलाई व्यंग्यात्मक तर सम्मानजनक रूपमा उक्त उपाधि प्रदान गर्दै आएको छ ।
परिषद्का अनुसार पत्रकारिता, शिक्षा प्रवद्र्धन, सरसफाइ अभियान तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षामा आकर्षित गर्न सभामुख यादवले पु¥याएको भूमिकाको कदरस्वरूप यस वर्षको उपाधि प्रदान गरिएको हो ।

जनकपुरधाम स्थित जानकी मन्दिर परिसरमा सम्पन्न कार्यक्रम रंग, अबीर, हास्यव्यंग्य, कविता र होरी गीतले भरिएको थियो। कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका र जनक मन्दिर को सह–आयोजनामा भव्य रूपमा सम्पन्न भएको थियो ।
उपाधि ग्रहण गर्दै सभामुख यादवले व्यंग्यात्मक सम्मानले आफूलाई समाजप्रति अझ जिम्मेवार बनाएको बताए । उनले मिथिलाको मौलिक कला, संस्कृति र सामाजिक सद्भाव जोगाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

सम्मेलनमा शिक्षा, साहित्य, कानून, चिकित्सा, खेलकुद, उद्योग तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई समेत रोचक उपाधिसहित सम्मान गरिएको छ । आधुनिक शिक्षामा योगदानका लागि राकेश कर्ण ‘वैशाखानन्द’, मैथिली अभियानी विभा झा ‘तिलविखनी’, कानून व्यवसायी विपिन कुमार झा ‘लवरसट्का’, पत्रकार तथा साहित्यकार हिमांशु चौधरी ‘जी हजुरिया’ तथा कवि दिगम्बर झा दिनमणि ‘पोना पण्डित’ उपाधिबाट सम्मानित भए ।

त्यसैगरी निजी विद्यालयका सञ्चालक विश्वलाल सिंह ‘पटमूर्ख’, शिक्षा शाखा प्रमुख अञ्जु पाण्डे ‘मनतोरिया’, न्युरो सर्जन डा. विजय राउत ‘विसखोपडा’, उद्योगपति प्रदीप चौधरी ‘तरघुस्ता’, ह्यान्डबल खेलाडी पवन कर्ण ‘बज्रकिट’, सुन व्यवसायी पवन ठाकुर ‘डपोरशंख’, मिथिला चित्रकार राजकुमारी मण्डल ‘तरघुस्की’, युवा लव अधिकारी ‘लोढाशंकर’ तथा नेपाल टेलिभिजन का मैथिली समाचार सम्पादक एवं वाचक दीपक कर्ण ‘लम्बोदर’ उपाधिबाट सम्मानित भए ।

कवि तथा कलाकारहरूले होरीको भाव र सामाजिक सन्देश समेटिएका प्रस्तुति दिँदा कार्यक्रम झन् आकर्षक बनेको थियो ।

सम्बन्धित खबर