LIVE
एमालेसहितको समर्थनमा मुख्यमन्त्री यादवले पाए विश्वासको मत | सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ | मधेश सरकारमा फेरबदल, जसपाको ढुलमुल नीतिले नयाँ गठबन्धन बनाए मुख्यमन्त्री यादव | बजेट अघि निजी क्षेत्रले प्रदेश सरकारलाई दिए २० बुँदे सुझाव | गगन थापाको नेतृत्वमा एकजुट हुन महेन्द्र यादवको आह्वान | बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयनमा जोड | नेपाली कांग्रेस धनुषाका क्षेत्रीय सभापति निधिको निधन | यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट तीन विचौलियालाई पक्राउ | मधेशमा सत्ता परिवर्तनको खेल ः सत्ता जोगाउन विश्वासको मतबाट पछि हटे मुख्यमन्त्री यादव | मधेशलाई साक्षर घोषणा गर्न तयार पारिएको प्रतिवेदन संघ र प्रदेश सरकारलाई हस्तान्तरण |

जनकपुरधाम । मधेश प्रदेशको धनुषा–महोत्तरी सीमास्थित रातो पुल क्षेत्रमा शंकास्पद वस्तु पड्किँदा दुई बालबालिका घाइते भएका छन् ।

धनुषाको मिथिला नगरपालिकास्थित बडहरी बजारनजिक मंगलबार अपराह्न विस्फोटक पदार्थ पड्किँदा स्थानीय १६ वर्षीया अरुणिमा भुजेल र १२ वर्षीय सुशील माझी घाइते भएका हुन । दुवै जना बजार क्षेत्रनजिकै खेलिरहेको बेला अज्ञात वस्तु अचानक विस्फोट भएको बताइएको छ ।

यसैबीच, धनुषा–महोत्तरी सीमा क्षेत्रमा अर्को शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तु सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जनाएको छ । घटनापछि पूर्व–पश्चिम लोकमार्गआसपास केही समय त्रासको अवस्था सिर्जना भएको थियो ।

प्रहरीले सर्वसाधारणलाई शंकास्पद वस्तु नछुन तथा देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर