LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । सिराहा जिल्लाको सदरमुकाम सिराहास्थित जिल्ला अदालत बार एसोसिएसनको कार्यालय रहेको भवनको सटरमा रहेको ‘ल फर्म’मा विस्फोट भएको छ।

सिराहा जिल्ला अदालतअगाडि रहेको बारको कार्यालय भवनको सटर भाडामा लिएर अधिवक्ता मधुसुदनप्रसाद यादवले चलाइरहेको फर्ममा बुधबार अपराह्न करिब सवा ४ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ।

सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार ल फर्ममा भएको विस्फोट सुतली बम हो या अन्य बम भन्ने यकिन भइसकेको छैन। ‘विस्फोटमा फर्ममा काम गर्ने एक सहयोगीको हातको औँला र खुट्टामा सामान्य चोट लागेको पाइएको छ,’ उनले भने, ‘उनको पहिचान खुलिसकेको छैन, प्रहरी र सेनाको टोली अहिले घटनास्थलमै छौँ।’

विस्फोट भएको सटर वरपर र कोठामा पनि त्यस्तो कुनै पर्चा पम्प्लेट नभेटिएको जानकारी दिँदै उनले नेपाली सेनाको चोहर्वास्थित नन्दाबक्स गणबाट डिस्पोजल टोली घटनास्थल आइसकेकाले थप बुझ्ने काम भइरहेको बताए।

सम्बन्धित खबर