LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । धनुषासहित मधेश प्रदेशका आज मंगलवार चैती छठ पर्व मनाइँदै छ ।

छैठको चौथौ दिन आज साँझ व्रत बस्ने परम्पराअनुसार आज षष्ठी तिथिमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिएको छ ।
जनकपुरधामस्थित गंगासागर र अंग अंगराज सरमा विशेष तयारी गरिएको छ ।

छठ पर्वलाई लक्षित गर्दै दुवै स्थानलाई आकर्षक ढंगले सजाइएको छ भने सरसफाइ, सुरक्षा र व्यवस्थापनमा स्थानीय निकाय सक्रिय देखिएका छन् । व्रतालुहरू बिहानदेखि नै घाट क्षेत्रमा पुगेर पूजा–आराधनामा जुटेका छन् ।
छठ पर्वअन्तर्गत आज साँझ सूर्य अस्ताउनुभन्दा केही समयअघि व्रतालुहरू जलाशयमा प्रवेश गरी षष्ठी माताको आराधना गर्दै सूर्यदेवलाई अर्य दिने परम्परा छ ।

अघ्र्यका लागि ठेकुवा, भुसुवा, उखु, केरा, नरिवल, मुला लगायतका सामग्री प्रसादस्वरूप चढाइन्छ ।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चैती छठ विधिवत् समापन हुने धार्मिक मान्यता छ । व्रतालुहरूले आज रातभर जाग्राम बसेर पूजा गर्ने परम्परा पनि रहेको छ ।

कात्तिक महिनामा मनाइने छठ पर्वको तुलनामा चैती छठमा सहभागीको संख्या कम हुने भए पनि पछिल्ला वर्षहरूमा यसको लोकप्रियता क्रमशः बढ्दै गएको छ ।

धार्मिक विश्वासअनुसार यस पर्वले मनोकांक्षा पूरा हुनुका साथै विभिन्न रोगबाट मुक्ति दिलाउने जनविश्वास रहँदै आएको छ ।

सम्बन्धित खबर