LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाका लागि प्रहरीले व्यापारीसँग पैसा उठाएको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक वरिष्ठ सई सागरशम्सेर जबरालाई लिनम्बनको प्रक्रिया अघि बढाइएको छ ।

आफ्नै कार्यालयका प्रमुख तथा संगठनलाई बद्नाम गराउने उद्देश्यले व्यापारीसँग आफैंले फोन गरी बनावटी कथा रचेर वरिष्ठ सई जबराले अडियो बनाई प्रचार गरेको प्रदेश प्रहरी कार्यालयको आरोप छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका एसपी तथा सहायक प्रवक्ता भेषराज रिजालले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएका हुन् । उक्त अडियो समबन्धमा यस कार्यालयबाट आवश्यक अनुसन्धान र छानबिन कार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

वरिष्ठ सई जबरा र रामजी महासेठ नाम गरेका व्यापारीबीचको टेलिफोन संवाद बाहिरिएको छ । उक्त संवादमा डीआईजीलाई रकम बुझाउनेबारेका कुराहरू गरिएको छ ।
डीआईजीको नाम लिएर बद्नाम गराउन खोजिएको भन्दै डीआईजी कार्यालयले यस विषयमा छानबिन अघि बढाइएको बताएको छ ।

सम्बन्धित खबर