LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तार कार्यले स्थानीय व्यवसाय र रोजगारीमा गम्भीर असर पार्न थालेको छ। त्रिभुवन राजपथअन्तर्गत सडक फराकिलो बनाउने योजनाअनुसार घर तथा पसल भत्काउने कार्य तीव्र भएपछि करिब ३ हजार व्यवसाय प्रभावित भएका छन् भने झण्डै ९ हजार मानिसको रोजगारी संकटमा परेको छ।

सडक विस्तारका क्रममा व्यवसायिक संरचनाहरू भत्किँदा वर्षौंदेखि सञ्चालनमा रहेका पसलहरू बन्द हुन बाध्य भएका छन्। व्यवसायीहरू अहिले वैकल्पिक स्थानको खोजीमा छन् भने कतिपयले अस्थायी संरचनाबाट व्यापार सञ्चालन गर्ने प्रयास गरिरहेका छन्।

प्रभावित व्यवसायीहरूले बिना पर्याप्त मुआब्जा र पूर्वतयारी संरचना भत्काउनु अन्यायपूर्ण भएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले जीविकोपार्जनको आधार गुमेको गुनासो गर्दै क्षतिपूर्ति र पुनःस्थापनाको माग गरेका छन्।

यता जिल्ला प्रशासन कार्यालय पर्साले भने भत्काइएका संरचनामा व्यवसाय सञ्चालन नगर्न चेतावनी दिएको छ। प्रशासनका अनुसार यस्ता संरचनामा व्यापार गर्नु जोखिमपूर्ण हुने भएकाले कुनै पनि दुर्घटना भए सम्बन्धित व्यक्तिले नै जिम्मेवारी वहन गर्नुपर्नेछ।

सडक डिभिजन कार्यालयले भने दीर्घकालीन पूर्वाधार विकास र सवारी व्यवस्थापन सुधारका लागि सडक विस्तार आवश्यक रहेको जनाएको छ। तीन वर्षभित्र ६ लेन सडक निर्माण गर्ने लक्ष्यसहित काम अघि बढाइएको कार्यालयको भनाइ छ।

सडक विस्तारसँगै उत्पन्न भएको यो अवस्थाले वीरगञ्जको आर्थिक गतिविधिमा प्रत्यक्ष असर पारेको छ। व्यवसायी, मजदुर तथा स्थानीयवासीहरू अन्योलमा रहेका छन् भने समाधानका लागि सरकारसँग ठोस पहलको माग बढ्दै गएको छ।

सम्बन्धित खबर