LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । शल्यक्रियाको क्रममा मृत्यु भएकी एक महिलाको शव सहमति पश्चात परिवारजनले बुझेर लगेका छन् ।

जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियाको दुई दिनपछि महिलाको मृत्यु भएको थियो । मृतक महिलाको परिवारजनले अस्पताल र चिकित्सको लापर्वाहीले मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेपछि विवाद उत्पन्न भएको थियो । पछि दुवै पक्षबीच भएको सहमतिअनुसार अस्पतालले मृतकका परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिने र ८० हजार रुपैयाँ उपचार खर्च मिनाहा गर्ने निर्णय भएको छ । उक्त सहमतिपछि परिवारजनले शव बुझेर अन्त्येष्टिका लागि घर फर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालयको पहलमा डीएसपी मधुसुदन न्यौपानेको नेतृत्वमा भएको वार्तापछि सहमति जुटाइएको हो । घटनापछि बिहानैदेखि अस्पताल परिसर तनावग्रस्त बनेको थियो भने सुरक्षा अवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनी देवी पासवानको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया बैशाख १६ गते साँझ गरिएको थियो ।

अस्पतालका अनुसार शल्यक्रियापछि शुक्रबार बिहान करिब ३ बजे उनको मृत्यु भएको हो । यद्यपि, मृतकका आफन्तले उपचारमा गम्भीर लापरबाही भएको आरोप लगाउँदै अस्पतालविरुद्ध प्रदर्शन गरेका थिए ।

उनीहरूले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्ने सहमति भए पनि चिकित्सकले पेट चिरेर अप्रेसन गरेको दाबी गरेका छन् । आक्रोशित भीडले अस्पतालमा तोडफोडसमेत गरेको थियो । तर, उपचारमा संलग्न चिकित्सकले भने बिरामीको स्वास्थ्य अवस्थाअनुसार परिवारकै सहमतिमा चिरुवा शल्यक्रिया गरिएको जिकिर गरेका छन् । मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेको र उनका तीन सन्तान रहेका छन् ।

सम्बन्धित खबर