LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । मधेश प्रदेश प्रहरीले बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न लक्षित गर्दै विशेष महाअभियान सुरु गरेको छ ।

युवाहरूलाई दुव्र्यसनबाट जोगाउने तथा कुलतमा फसेकाहरूलाई सुधारको दायरामा ल्याउने उद्देश्यसहित मधेश प्रदेश प्रहरी कार्यालयले ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३’ सञ्चालनमा ल्याइएको छ ।
अभियान अन्तर्गत लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिने मात्र नभई सेवनकर्ताको पहिचान, निगरानी र सुधारका लागि सुधार केन्द्रमा राखेने प्रहरीले जनाएको छ ।

अभियान अन्तर्गत प्रदेशका आठवटै जिल्लामा समन्वयात्मक रूपमा कार्यक्रम अघि बढाएको छ । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाले प्रदेश भरिका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु तथा मातहतका इकाइहरूलाई विशेष ब्रिफिङ गर्दै अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

लागुऔषध सेवनकर्ताको पहिचान गरी उनीहरूलाई सुधारको दायरामा ल्याउने कार्यलाई उच्च प्राथमिकता दिएर अगाडी बढ्न जिल्ला प्रहरी कार्यालयका उपरीक्षकहरुलाई दिर्नेशन दिएको उनले बताए ।

अभियान अन्तर्गत सीमावर्ती नाकाहरूमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गर्नुको साथै ती स्थानहरूमा ‘ड्रग टेस्ट किट’ प्रयोग गरी आवतजावत गर्ने शंकास्पद व्यक्तिहरुलाई परीक्षण गरिने योजना रहेको उनले बताए ।

यसैगरी, सीमाबाट नियमित आवतजावत गर्ने विशेषगरी युवा युवतीहरूको तथ्यांक संकलन गरी निगरानी प्रणालीलाई थप सुदृढ बनाइने प्रहरीको योजना गरेको छ ।

अभियानले लागुऔषध दुव्र्यसन न्युनीकरणसँगै सामाजिक सुधारमा समेत सकारात्मक प्रभाव पार्ने उनले विश्वास व्यक्त गरे ।

सम्बन्धित खबर