LIVE
मधेश प्रदेश सरकारको भविष्य अव प्रचण्डको हातमा | मधेश लोक सेवा आयोगको सदस्यमा बिमला यादव नियुक्त | नेकपाले अर्थको अडान नछोड्दा अन्तिम समयमा रोकियो सरकार विस्तार | सर्लाहीको नुनथर घुम्न गएका दुई जनाको बागमती नदीमा डुबेर मृत्यु | एमालेसहितको समर्थनमा मुख्यमन्त्री यादवले पाए विश्वासको मत | सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ | मधेश सरकारमा फेरबदल, जसपाको ढुलमुल नीतिले नयाँ गठबन्धन बनाए मुख्यमन्त्री यादव | बजेट अघि निजी क्षेत्रले प्रदेश सरकारलाई दिए २० बुँदे सुझाव | गगन थापाको नेतृत्वमा एकजुट हुन महेन्द्र यादवको आह्वान | बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयनमा जोड |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले दोस्रो दिन सरकार विस्तार गर्न खोजेपछि सफल हुन सकेनन् ।

आईतवार सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को अर्थ सहित चार मन्त्रालयको अडान नछोडेपछि सरकार विस्तार अन्तिम समयमा स्थसिगत भएको थियो । आज सोमवार बसेको सत्ता गठबन्धनको वैठकमा सरकारको विस्तारको विषयमा अढाई घण्टा नै वर्ता भएको थियो । बैठकमा सत्ता गठबन्धन दलबीच १३ बुँदे सहमति पनि भएको छ ।

सहमतिमा आगामी बजेटमा १ करोडभन्दा कमका योजना नराख्ने, खुला प्रतिस्पर्धा मार्फत योजना कार्यान्वयन गर्ने, मन्त्रालयको संख्या ९ वटामा सीमित गर्ने, कर्मचारी सरुवाको मापदण्ड बनाउने, कानुनअनुसार म्याद सकिएका उपभोक्ता समितिका सम्पूर्ण चिठ्ठीहरूको रद्द गर्ने लगायत विषय उल्लेख छ ।

गठबन्धन दलबीच सहमति भएपछि मुख्यमन्त्री यादवले पुनः सोमवार सरकार विस्तार गर्ने तयारी गरेका थिए । त्यसका लागि एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले आफ्ना प्रस्तावित मन्त्रीहरु शारदा थापा, मनोज सिंह र लखन ला दासलाई मन्त्रीको शपथ गराउने तयारी सहित मुख्यमन्त्री निवास पुगेका थिए । तर नेकपाले हिजो जस्तै अर्थ सहित ४ वटा मन्त्रालय माग दोहराएपछि सरकार विस्तार रोकिएको प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम पटेलले जानकारी दिए ।

मन्त्री पटेलका अनुसार प्रदेश सभामा २४ सिट रहेका नेकपा एमालेलाई ४ मन्त्रालय, २२ सिट रहेका काँग्रेसलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय र १५ सिट रहेको नेकपालाई अर्थ सहित ३ मन्त्रालय दिने विषयमा गठबन्धन दलबीच सहमति भएको थियो । तर अहिले आएर नेकपाले अर्थ सहित ४ वटा मन्त्रालय माग गरेपछि सरकार विस्तारमा ढिलाई भएको उनले बताए ।

नेकपाको असंतुष्टीका बीच सोमवार नै सरकार विस्तारको हल्ला फैलिएको थियो । तर नेकपाका अध्यक्ष केपि शर्मा ओलिले मधेश प्रदेश सरकारको विस्तारको विषयमा आफु नेकपा संयोजक पुष्पकमल दहाल प्रचण्डसँग भोलि छलफल गरेपछि मात्रै सरकार सहभागि हुन एमालेका संसदीय दलका नेता यादवलाई फोन गरेर रोकेका थिए । त्यसलै आज अन्तिम समयमा सरकार विस्तार स्थगित भएको मन्त्री पटेलले बताए ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले केन्द्रमा मधेश प्रदेश सरकार विस्तारको विषयमा गठबन्धन दल बीच छलफल गर्न उपसभापित विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिएका छन् । मंगलवार दिउँसो २ बजे मधेश प्रदेश सरकारको विषयमा एमाले अध्यक्ष ओृलि, नेकपाका संयोजक प्रचण्ड र काँग्रेसका सभापति शर्मा बीच छलफल हुनेछ । त्यही छलफलबाट आउने निकास अनुसार सरकार विस्तार हुने काँग्रेसका एक साँसदले बताए ।

सम्बन्धित खबर