LIVE
जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड | मधेश प्रदेशको नीति तथा कार्यक्रम १५ जेठमा सार्वजनिक हुने |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ स्थित श्री सरस्वती माध्यमिक विद्यालय नजिक रहेको बिडालसर सरोवरमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

विहिवार दिउँसो करिव साढे १२ बजे तिर पहिचान नखुलेको अन्दाजी ५० वर्षिय एक व्यक्ति गर्मी छल्न पोखरीमा नुहाउन गएका थिए ।

नुहाउने क्रममा उनी पोखरीमा डुबेर बेपत्ता भएका थिए । त्यसपछि घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल धनुषालेका गोताखोर टोली परिचालन गरिएको थियो। गोताखोरले खोजी गर्ने क्रममा पोखरीबाट उनको शव फेला पारेको हो ।

प्रत्यक्षदर्शीहरूका अनुसार मृतकले रक्सी सेवन गरेर पोखरीमा नुहाउन गएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर