LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधाममा गुणस्तरीय होटल तथा आतिथ्य सेवाको विस्तारले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

देशभर सञ्चालनमा रहेका होटल पौवाको १९औँ शाखा जनकपुरधाममा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले धार्मिक पर्यटनको प्रमुख गन्तव्य जनकपुरधाममा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई उत्कृष्ट आतिथ्य र भरपर्दो सेवा प्रदान गर्न सके पर्यटन क्षेत्र थप सशक्त बन्ने बताए ।

जनकपुरधाममा लामो समयदेखि तारेस्तरका होटलको अभाव रहेको उल्लेख गर्दै होटल पौवाको आगमनले उक्त आवश्यकता पूरा गरेको उनले बताए । साथै, जनकपुरधाम र भारतको अयोध्याबीच निकट भविष्यमै हवाई सेवा सञ्चालन हुने दाबी गर्दै त्यसका लागि प्रदेश सरकार सक्रिय रूपमा पहल गरिरहेको जानकारी दिए । उनले त्यसको लागि बुद्ध एयर सकारात्मक रहेको बताए ।

उद्घाटन समारोहमा होटलले ‘तीन दिने ‘वृहत् खाना प्रवद्र्धन कार्यक्रम’आयोजना गरेको छ । कार्यक्रममा होटल पौवाका विभिन्न शाखाका अनुभवी सेफहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी गरिएको छ ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जनकपुरधाममा चारतारेस्तरको होटल सञ्चालनमा आउनु कम्पनीको विस्तार यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए । यसले धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा आतिथ्य उद्योगको विकासमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

होटलमा ६२ वटा सुविधा सम्पन्न अतिथि कक्ष रहेका छन्। साथै स्विमिङ पुल, सेमिनार हल, रेष्टुरेन्ट, जिम, साउना, स्टिम र स्पालगायत चारतारेस्तरका सेवा–सुविधा सञ्चालनमा आइसकेका छन्। होटलले नेपाली स्वाद, संस्कार र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा २४सै घण्टा उपलब्ध गराउने जनाएको छ ।

कार्यक्रममा होटल पौवाका उपाध्यक्ष धुव्र न्यौपानेले जनकपुरधाम आसपासको क्षेत्रमा थप दुई अर्ब रुपैयाँभन्दा बढी लगानीमा पाँचतारे होटल निर्माण गर्ने योजना रहेको जानकारी दिए । प्राचीन मिथिलाको राजधानी जनकपुरधामका मौलिक खानालाई ब्रान्डिङ गरी देश तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

होटल पौवा केवल व्यवसायिक संस्था मात्र नभई पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय आर्थिक समृद्धिको साझेदार बन्ने लक्ष्यका साथ अघि बढिरहेको उनको भनाई थियो । आगामी दशकभित्र ‘मिसन १००’ अन्तर्गत नेपाल तथा विदेशमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको उनले बताए । रुपन्देहीबाट सुरु भएको होटल पौवाको यात्रा हाल भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, धनगढी, पोखरा, काठमाडौं, भरतपुर, मुग्लिन, कालिञ्चोक तथा जनकपुरधामसम्म विस्तार भइसकेको छ ।

नेपालगञ्जमा पाँचतारे होटल तथा पाल्पाको चौकीडाँडामा ‘पौवा वनवास’ नामक लक्जरी रिसोर्ट निर्माणाधीन रहेको कम्पनीले जनाएको छ ।

सामूहिक लगानीको अवधारणामा सञ्चालन भइरहेको होटल पौवाले देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै आएको छ । कर्मचारीलाई समेत लगानीकर्ता बन्ने अवसर प्रदान गर्दै कम्पनीले “साझा स्वामित्व, साझा सफलता” को अवधारणालाई अघि बढाएको जनाएको छ ।

कम्पनीका अनुसार जनकपुरधाम, लुम्बिनी, मुक्तिनाथ र पशुपतिनाथजस्ता धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई जोड्ने यात्रामा होटल पौवा नेपाली तथा भारतीय पर्यटकका लागि विश्वसनीय आतिथ्य साझेदारका रूपमा स्थापित हुँदै गएको छ ।

सम्बन्धित खबर