LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

जनकपुरधाम । विभिन्न माग राख्दै मधेस आन्दोलनका शहिद परिवार तथा घाइतेहरुले मधेस भवन अगाडि प्रदर्शन गरेका छन् । मंगलबार उनीहरुले मधेस शहिद प्रतिष्ठानलाई स्वायत्त बनाउनुपर्ने, शहिद परिवारहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी हुनुपर्ने लगायतको माग राख्दै मधेस प्रदेश सरकारको प्रशासनिक भवन ९मधेस भवन०को गेट अगाडि प्रदर्शन गरेका हुन् ।

विभिन्न मधेस आन्दोलनको क्रममा ६३ जना शहादत प्राप्त गरेका थिए । संघीयता आएपति लालबाबु राउत नेतृत्वमा बनेको सरकारले ५२ जना शहिद परिवारलाई रोजगारीको लागि नियुक्ती पत्र दिएकोमा २५ जनालाई मात्रै रोजगारी दिइएको थियो । जसमध्ये अहिले १० जना मात्रै कार्यरत छन । शहिद परिवार अहिले प्रदेश सरकारको विभिन्न सरकारी कार्यालयमा कार्यालय सहयोगिको रुपमा कार्यरत छन ।

मधेस सरकारले शहीद परिवारका लागि उपलब्ध गराउने भनिएका सेवा सुविधाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै उनीहरुले अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका छन् । पहिलो चरणमा मधेस भवन अगाडि प्रदर्शन गरेका उनीहरुले माग पुरा नभए अझ सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन ।

सम्बन्धित खबर