LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । रौतहटको दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाटमा बागमती नदीको बीच भागमा फसेका १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

आइतबार अपराह्न करिब ३ः४० बजे मुंगको दाल टिपेर घर फर्कने क्रममा अचानक बाढी आएपछि ११ जना महिला र ३ जना बालिका गरी १४ जना बीच नदीमा फसेका थिए । घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट तथा मातहतका कार्यालयबाट सशस्त्र प्रहरी वरिष्ठ निरीक्षक यज्ञबहादुर योञ्जनको कमाण्डमा विपद् व्यवस्थापन (डीएम) टोली र रबर बोटसहित उद्धार कार्यमा खटिएको थियो ।

टोलीले साँझ करिब ५ बजे रबर बोटको प्रयोग गरी नदीको बीच भागमा फसेका सबै १४ जनालाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीले जानकारी दिएका छन् । अचानक नदीमा पानीको बहाव बढेपछि उनीहरू टापुमा फसेका थिए । तर समयमै उद्धार टोली पुगेर सुरक्षित रूपमा उद्धार गरेपछि सबै जना घर फर्किएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर