LIVE
विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा |

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका ११ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार विभिन्न स्थानमा विशेष खोजतलास अभियान सञ्चालन गरी अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये बिगो, चेक अनादर, लागूऔषध तथा सार्वजनिक अपराधलगायतका मुद्दामा अदालतबाट कैद र जरिवानाको फैसला भइसकेका व्यक्तिहरू रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये केहीलाई एक वर्षसम्मको कैद सजाय तोकिएको छ भने केहीलाई दुई महिनासम्मको कैद सजाय सुनाइएको थियो ।

त्यसैगरि,विभिन्न मुद्दामा दुई हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना तोकिएका प्रतिवादीहरू पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको बताए । उनले भने, ‘अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउने अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरेका छौं । कानूनको कार्यान्वयनमा कुनै सम्झौता हुँदैन । फरार रहेका अन्य प्रतिवादीहरूको खोजी पनि तीव्र रूपमा जारी छ ।’

प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

धनुषा प्रहरीले अदालतको फैसला कार्यान्वयन, अपराध नियन्त्रण तथा फरार अभियुक्तको खोजीलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने जनाएको छ ।

अदालतको सजायबाट बच्न फरार रहेकाहरूलाई स्वेच्छाले कानुनी प्रक्रियामा आउन आग्रह गर्दै अन्यथा खोजी अभियान थप कडाइका साथ अघि बढाइने प्रवक्त न्यौपानेले चेतावनी पनि दिए ।

सम्बन्धित खबर