LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

जनकपुरधाम। युवा वित्तीय जवाफदेहिता सञ्जालले मधेश प्रदेशमा तीनदिने प्रादेशिक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

युवा नेतृत्व, निर्वाचित जनप्रतिनिधि, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रमको मुख्य उद्देश्य राष्ट्रिय वित्तीय सुशासनसँग सम्बन्धित रहेको थियो । यस विषयहरूलाई प्रदेशस्तरमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै युवा नेतृत्वको भूमिका सुदृढ बनाउनु र सम्भावित समाधानका उपाय पहिचान गर्नु रहेको आयोजकले जनाएको छ । प्रोजेक्ट अभय अन्तर्गत सञ्चालित उक्त कार्यक्रमले वित्तीय पारदर्शिता र सार्वजनिक जवाफदेहिता प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । संजाल सातवटै प्रदेशमा विस्तार भइसकेको र प्रत्येक प्रदेशबाट १५ जना गरी नेपालभर १०५ जना सदस्य आबद्ध रहेका छन् ।

साउन १ देखि तीन दिनसम्म चलेको संवादमा सहभागीहरूले राष्ट्रिय वित्तीय प्रणालीको आधारभूत अवधारणादेखि मधेश प्रदेशका वित्तीय चुनौतीहरू पहिचान गर्ने, समूहगत छलफलमार्फत प्राथमिकता निर्धारण गर्ने तथा समाधानका उपायहरू खोज्ने अभ्यास गरेका थिए । कार्यक्रममा वित्तीय संघीयता, बजेट चक्र, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा सूचनाको हक सम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको थियो ।

कार्यक्रमको समापनमा सहभागीहरूले प्रदेशका प्राथमिकताका विषयलाई एक महिना, छ महिना र बाह्र महिनाको कार्ययोजनामा रूपान्तरण गर्दै त्यसअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रोजेक्ट अभय सन् २०२४ मा स्थापना भएको संस्था हो । यसले नेपालमा लोकतान्त्रिक सुशासन, वित्तीय जवाफदेहिता, लोकतान्त्रिक उत्तरदायी नीति तथा नागरिक सहभागितालाई सुदृढ बनाउन नेतृत्व विकास, सार्वजनिक शिक्षा, अनुसन्धान र अभियानमार्फत सातै प्रदेशका युवासँग सहकार्य गर्दै आएको जनाएको छ ।

सम्बन्धित खबर