LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । सरकारी अनुदानमा उपलब्ध हुने रासायनिक मल कालोबजारी गरी महँगो मूल्यमा बिक्री गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा नगरपालिका–१० स्थित कृष्ण जनरल स्टोरबाट अनधिकृत रूपमा डिएपी मल बिक्री भइरहेको सूचनाका आधारमा गरिएको छापामारीमा मलङ्गवा–७ निवासी २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन राय पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले सरकारी अनुदानको डिएपी मल प्रतिवोरा तीन हजार पाँच सय रुपैयाँसम्ममा बिक्री गर्दै आएको स्वीकार गरेका छन् । पसलमा गरिएको खानतलासीबाट चार बोरा डिएपी मल र एक बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा पक्राउ परेका दुवैले उक्त मल मलङ्गवा नगरपालिका–४ स्थित शिवसागर चोकमा २८ वर्षीय राहुल गुप्ताले सञ्चालन गरेको पसलबाट प्रतिवोरा तीन हजार दुई सय रुपैयाँमा खरिद गरी नाफा राखेर बिक्री गर्ने गरेको बयान दिएका थिए। सोही बयानका आधारमा प्रहरीले राहुल गुप्तालाई पनि नियन्त्रणमा लिएको छ। उनको पसलमा गरिएको खानतलासीबाट थप सात बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध कालोबजारी सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले सरकारी अनुदानमा उपलब्ध हुने कृषि सामग्रीको दुरुपयोग तथा कालोबजारी नियन्त्रण गर्न निगरानी अझ कडा बनाइने जनाएको छ ।

सम्बन्धित खबर