LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । मिथिलाञ्चलका धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन विहीबार धनुष यज्ञ मनाईएको छ ।
त्रेता युगमा भगवान श्रीरामले धनुषा भाँचेर सीतासँग विवाह भएको धार्मिक शास्त्रहरुमा उल्लेख गरिएको हुदाँ भगवान् रामको प्रतिकात्मक रुप धारण गरेका बालबालिकाहरुले पनि धनुष भाँचेर धनुषयज्ञ मनाइँन्छ ।
रामायणमा वर्णन गरिए अनुसार पर्शुरामले मिथिलाका राजा जनकलाई उक्त धनुष प्रदान गरेका थिए । राजा जनकले धनुष उचाल्ने महाशक्तिशालीसँग मात्र छोरी सीताको विवाह गर्ने निधोका साथ धनुषयज्ञ आयोजना गरे । यसमा शक्तिशाली राजा र राजकुमारहरु सहभागी भएपनि कसैले धनुष हल्लाउन सकेनन् ।
अन्त्यमा, आयोध्याबाट आएका दशरथ पुत्र रामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर प्रत्यन्जा लगाउन थालेपछि तीन टुक्रा भएको थियो। धनुषको तीन टुक्रामध्ये एक आकाश, एक धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ ।

यस अघि बुधवार फुलवारी लिला र मंगलवार नगरदर्शन कार्यक्रम सम्पन्न भएको थियो । तेत्रयुगमै भारत अयोध्याका दशरथका छोरा पुरुषोत्म राम र राजा जनककी छोरी सीता बीच वैवाहिक सम्बन्धमा बाधिएको सम्झनामा प्रत्येक वर्ष मंसिर शुल्क पञ्चमीमा जनकपुरधामामा विवाहपञ्चमी महोत्सव मनाईन्छ ।
महोत्सवको चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौ दिन शनिवार मटकोर र १ पुसमा विवाह पञ्चमीको आकर्षण मानिएको दिउँसो रामसीता स्वयंवर तथा राती विवाह कार्यक्रम हुनेछ । त्यसैगरि, २ पुसमा अर्थात महोत्सवको अन्तिम दिन अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तहरुलाई सामुहिक रुपमा भोजन गराई विदाई गर्ने कार्यक्रम रहेको छ । त्यसलाई रामकलेवा भनिन्छ । रामकलेवा पश्चात महोत्सव विधिवत रुपमा सम्पन्न हुने गरेको छ ।

सम्बन्धित खबर