LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । महोत्तरीको भँगहा नगरपालिकामा कर्मचारीहरूका श्रीमतीदेखि सालीसम्मलाई करारको कर्मचारीमा भर्ना गरेको पाइएको छ ।

नगरपालिकाले गत ९ पुसमा विभिन्न ६ वटा पदमा करारमा कर्मचारी भर्नाका लागि सूचना निकालेको थियो । उक्त सूचनाका आधारमा करिब दुई दर्जन उम्मेदवारले विभिन्न पदका लागि फारम भरेर परीक्षा दिएका थिए । तर, गत आइतबार निस्केको परिणामअनुसार उत्तीर्ण हुनेहरूमध्ये अधिकांश कर्मचारीहरूकै आफन्त परेका छन् । त्यस्तै, अनुभवी तथा दक्ष उम्मेवार पन्छाएर कर्मचारीहरूले आफन्तलाई नियुक्ति दिएको आरोप लागेको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादवकी श्रीमती सिर्जना यादवलाई रोजगार सहसंयोजकमा भर्ना गरिएको छ । नगरपालिकाका स्वास्थ्य संयोजक राजु साहकी श्रीमती कल्पना मैनालीले ल्याब असिस्टेन्ट र पालिकाका आईटी अफिसर लक्ष्मी रायकी साली सीमा सिंहले अनमीमा नाम निकालेका छन् ।

करारमा कर्मचारीहरूका आफन्त भर्ना भएपछि अन्य उम्मेदवारहरू भने असन्तुष्ट बनेका छन् । ‘आफ्नै श्रीमती, सालीलाई कर्मचारीम भर्ना गर्नु थियो भने किन सूचना प्रकाशित गरेर नाटक गरेको रु,ु परीक्षामा सहभागी एक उम्मेदवार भन्छन् ।

करारमा कर्मचारी भर्ना गर्ने क्रममा नगरपालिकाका हाकिमहरूले आफन्त भर्ना गरेको भन्दै आलोचना भइरहेको छ । तर, निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव भने परीक्षामा कुनै दायाँबायाँ नभएको र आफ्नी श्रीमतीले नाम निकालेकाले उनलाई भर्ना गरिएको दाबी गर्छन् । विभिन्न प्रक्रिया पूरा गरेर परीक्षा लिँदा आफ्नी श्रीमतीले नाम निकालेको उनको भनाइ छ ।

‘मैले परीक्षा लिएको होइन । परीक्षाको लागि संयोजक तोकिएको थियो । बाहिरबाट अन्य विज्ञहरूलाई पनि बोलाइएको थिए । त्यस कारण यसमा कुनै नातावाद वा कृपयावाद भएको छैन,’ यादव भन्छन्, ुम निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदैमा मेरो श्रीमतीले सोही पालिकामा काम गर्न नपाउने होइन । उनले नाम निकाल्दा दायाँबायाँ भएको भन्न मिल्दैन ।’

भँगहाका मेयर संजिव कुमार साह भने कर्मचारी भर्ना प्रक्रियामा आफूहरूको कुनै संलग्नता नरहेको दाबी गर्छन् । यो विषयमा आफूले जानकारी लिने उनको भनाइ छ । ुहामी जनप्रतिनिधिले कर्मचारीको दरबन्दी सृजना गर्ने हो, उनले भने, ‘त्यसको कार्यान्वयन कर्मचारीहरूबाट नै हुने हो । अब यो कारामा कुन(कुन कर्मचारीलाई भर्ना गरेको हो मलाई थाहा छैन । थप बुझेर यो विषयमा कुरा गर्छौं ।’

सम्बन्धित खबर