LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । शहिद नगर नगरपालिका –९ विर्ता बस्ने २२ वर्षीया रुवी दास एक वर्ष अघि सम्म दैनिकी सकस र तनावपुर्ण थिये । परिवार भित्रै एकले अर्कोको कुरा नसुन्ने, सानोसानो कुरालाइ लिएर झगडा गरिने व्यवहार रुबीलाई गर्भमै रहेको बच्चालाई जोगाई राख्ने चुनौतिपुर्ण थियो ।
विगतका दिनलाई स्मरण गर्दै रुबी भन्छिन,‘ गर्भमा बच्चा बोकेकी थिए, तर घरपरिवारका सदस्यलाई गर्भवतिसँग कस्तो व्यवहार गर्ने ? गर्भवतिको खानपनि कस्तो दिन लगायतकासँग उहाँलाई खासै वास्ता नै थिएन । गर्भवति अवस्थाको सम्वेदनशिला नबुझदा श्रीमान,सासुपनि त्यति सहयोग पाएन । गर्भवति अवस्थामा के गर्नु पर्छ, के गर्नु हुदैन ? जस्ता विषयमा म आफै पनि त्यति जानकार थिएन । त्यसकारण पहिलो सन्तान गर्भमा हुदाँदेखि जन्माउदाँ सम्म धेरै पीडा सहन गर्न वाध्य भए ।’

स्वास्थ्य केहि ठुलो समस्या आएपछि मात्रै चिकित्सकसँग चेकजाँच गराउनुपर्छ भनेर हाम्रो समाजको बुझाई छ, उनि अगाडी भन्छन,‘ त्यसकारण छोरा गर्भमा हुदाँ पनि नियमति स्वास्थ्य जाँच गराउन सकेनन् । त्यसको परिणाम बच्चा प्रस्तुतिको समयमा धेरै पीडा खेप्नु परिर्यो । बच्चा पनि कुपोषित हुन पुगे ।’

कुपोषित बच्चालाई हुर्काउन पनि धेरै नै समस्या झेल्नुपरेको उल्लेख गर्दै उनले भनिन, कुपोषित बच्चालाई कसरी हुर्काउने, कहाँ गएर उपचार गराउनले लगायतका विषयमा जानकारी थिएन । फेरी, कुपोषित बच्चा हुदाँ पनि श्रीमानसमेत घरपरिवारका सदस्यहरुले तिम्रै कारणले बच्चा यस्तो, उस्तो भयो भनेर हप्काउने, तर्साउने गर्थे । ति दिनहरु मेरो लागि निकै नै पीडा दायक थियो ।’

तर करिव १० महिना अघि वडामा प्लान इन्टरनेश्नलको आर्थिक तथा प्राविधिक सहयोगमा सशक्त बालिका परियोजना अन्तगर्तत सपोर्ट नेपालले अभिभाव शिक्षा संचालन भएपछि आफ्ना पीडामा मलहम लगाउने काम गरेको रुबीले सुनाईन ।
अभिभावक शिक्षा कक्षामा जोडिएपछि श्रीमानसहित घरपरिवारका सदस्यहरुको रुबीलाई व्यवहार नै परिवर्तन हुन पुग्यो । रुबी भन्छन,‘ पहिला स–साना कुरालाई लिएर घरपरिवारका सदस्यहरु मलाई दोषी सम्झेर नानाथरीका कुरा काट्थे । यहाँ सम्मकी कहिले काँही कुटपिट समेत गर्थे । तर अभिभावक शिक्षामा जोडिएपछि उहाँहरुको व्यवहार नै परिवर्तन भयो । अहिले घरपरिवारमा कुनै समस्या पर्दा होस् वा केही राम्रो काम हुदाँ सबै जनाको सहमतिमा हुन्छ ।’

‘ अभिभावक शिक्षासँग जोडिएपछि सासुले पनि आफ्ना दायित्व बुझनु भयो, म पनि आफ्नो कर्तव्य र दायित्व बुझे । श्रीमानले पनि आफ्नो कर्तव्य र जिम्मेवारी बुझेपछि अहिले घरका सबै मतभिन्ता र तनाव हटेर गएको छ,’ रुबीले सुनाईन ।
गर्भवतिदेखि बच्चा हुर्काउने सम्मको जानकारी, सामाजिक व्यवहारदेखि घरपरिवारको भित्रै रहेका अन्तरद्वन्दलाई अभिभावक शिक्षा अन्तर्गत संचालन हुने अभिभावक कक्षाको महत्वपुर्ण भुमिका खेलेको छ ।

रुबीले पहिलो सन्तानको रुपमा छोरा आयुषलाई जन्म दिईन । अहिले आयुष पाँच वर्षको भएछन् । तर आयुषको हेर्चाह र राम्रो संस्कार दिने बढी जिम्मेवी रुबीकै काँधमा छ । कक्षा १२ सम्म अध्ययन गरेकी रुबीको २० वर्ष नपुग्दै बुबाआमाले विहेवारी गरिदिएका थिए । रुबी भन्छिन,‘ २० वर्ष नकट्दै मेरो विवाह भयो । तर अव आफ्नो सन्तानलाई मात्र नभई आफ्नो छरछिमेकी वा नातोदारहरुमा हुने यस्ता विवाह रोक्न आफ्नो साथक पहल रहन्छ ।’

उनीसँगै रहेकी शिल्पा दासले अहिले गर्भवति छिन । शिल्पाले पनि अभिभाव शिक्षा कक्षामा जाने गर्छिन । कक्षामा गर्भवति अवस्था वारे पाएको सिकेको ज्ञान व्यवहारमा लागु गरिरहेकी बताईन् । आफ्नो लागि अभिभावक शिक्षा बरदान नै सावित हुन पुगेको शिल्पाले बताईन ।

 

सम्बन्धित खबर