LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । चाडपर्व नजिकदै जदा विश्व प्रसिद्ध जानकी मन्दिरको वृहत्त सरसफाई गरिएको छ ।


चाडपर्वको अवसरमा छिमेकी मुलुक भारतसहित अन्य देशविदेशबाट लाखौ श्रद्र्धालुभक्जन जनकपुरधामको मुख्य आकर्षक जानकी मन्दिरको दर्शन गर्न आउने गरेकोेले शनिवार नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्रालयले संयुक्त रुपमा जानकी मन्दिरको सरसफाई गरेका छन् ।


जानकी मन्दिरका वाहिर परिसरदेखि मन्दिरको भित्रि भागको परिसर पनि सरफाई गरिएको छ । सुरक्षाकर्मीहरुले सरफ तथा फेनाईले सरसफाई गरेपछि जानकी मन्दिरका परिसरहरु चिटिक्क देखिएका छन् ।


मधेश प्रहरी प्रमुख तथा डिआईजी लालमणि अर्चायले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सयौ जवान लिएर आफै सरसफाई कार्यक्रममा सहभागि भएका थिए । सरसरफाई कार्यक्रममा सहभागि मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री रजकुमार लेखिले जनकपुरधाम धर्मिक पर्यटकीय शहर रहेको र जनकपुरधामको मुख्य आकर्षक जानकी मन्दिरको रहेको सकरात्मक सन्देश दिन सरसरफाई कार्यक्रम गरिएको छ ।
विश्व प्रसिद्ध जानकी मन्दिरको सरसफाई गर्नु यहाँका नागरिक समाज व्यापारीसहितको दायित्व रहेकोले उल्लेख गर्दै कम्तिमा महिनामा एक पटक जानकी मन्दिरको वृहत सरसफाई गर्नु आवश्यक रहेको उनले बताए ।

सम्बन्धित खबर