LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेलाका स्थानीयहरुले प्रहरी प्रशासनहरुसँग मिलेर भुमाफियाहरु आफ्नो वस्ती उजार गर्न लागेको आरोप लगाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेलाका स्थानीयहरुले बिहिवार विहान सामुहिक रुपमा पत्रकार सम्मेलन गरि यस्तो आरोप लगाएका हुन् । करिव ३०÷३५ वर्ष अगाडी आफुहरुले त्यहाँका तत्कालिन जमिन्दार हरिप्रसाद रेगमीसँग जग्गा खरिद गरि घर बनाएको र अहिले आएका आफुलाई रेग्मीको नाति बताउने एक व्यक्तिले प्रहरी प्रशासनलाई प्रभावमा पारेर खाली गराउन लागि परेको स्थानीय मुस्लिम कवाडीले बताए । आफुहरु घर खाली गर्न नमान्दा राती राती प्रहरीले आफुहरु घरमा आएर धम्काउने तथा भयत्रास देखाउने गरेको उनीहरुले बताए ।


राइनका अनुसार तत्कालिन विन्दही गाविसका जमिन्दार रेग्मीको १८ कठ्ठा जग्गा थियो । उक्त जग्गा रेग्मीले प्लट गरि स्थानीयसँग बेचेर बस्ती बसाएका थिए । राइनले भने ‘आफू रेग्मीजीको कार्यकर्ता थिएँ, उनकै आदेशानुसार मैले रुपैयाँ लिएर जग्गा रजिष्ट्री गराएको थिएँ ।’ ३० वर्ष अगाडी उहाँबाट जग्गा किने, पछि रेग्मीजी यहाँबाट गईसक्नु भयो हामी घर बनाएर बस्न थाल्यौँ ।’ तर उनको नाती अचानक अहिले आएर मेरो १४ धुर जग्गा यसमा बाँकी छ, मलाई दिनु पर्यो भन्दै परेशान गर्ने गरेको राइनले बताए । उनले प्रहरी प्रशासन समेत पैसाबलाको बोली सुनेर राति राति लखेट्नकालागि आउने गरेको दुखेसो पोखे । प्रहरी प्रशासनले आफुहरुलाई सहयोग गर्नुको साट्टो भुमाफियाहरुलाई नै सहयोग गरिरहेको उनले आरोप लगाए ।

यता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३को वडाध्यक्षका प्रत्याशी रंजित चौधरीले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी आएर यहाँका गरिब विपन्नलाई राति राति आएर परेशान गर्नु चिन्ताको विषय रहेको बताए । उनले जिल्ला प्रहरी कार्यालयले आफै छलफलकालागि २६ गतेको मिति दिएपनि त्यस अगाबै यसरी तरकारी बेचेर गुजारा चलाउनेहरुलाई परेशान गर्नु उचित नरहेको बताए ।

सम्बन्धित खबर